ne_tn/luk/07/intro.md

4.8 KiB

लूका ०७ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई बाँकीको पाठ्यसामग्रीभन्दा पृष्‍ठमा दायाँतिर राख्‍छन् । उद्धरण गरिएको सामग्रीसँग यूएलटीले ७:२७ मा यसो नै गर्छ ।

यो अध्यायमा लूकाले थुप्रैपटक बदलावलाई अङ्कित नै नगरिकन उनको विषयलाई फेर्छन् । तपाईंले यी झट्ट भएका फेरबदलहरूलाई एकनासले भएको जस्तो बनाउन खोज्‍नुहुँदैन ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

कप्‍तान

उसको दासलाई निको पारिदिनलाई बिन्ती गर्ने कप्‍तानले (लूका ७:२ धेरै असामान्य कुराहरू गरिरहेको थियो । एक रोमी सिपाही केही कुराको लागि पनि कहिल्यै एक यहूदीकहाँ जाने थिएनन्, अधिकांश धनी मानिसहरू तिनीहरूका दासहरूलाई प्रेम वा वास्ता गर्दैनथे । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/centurion]] अनि [[rc:///tw/dict/bible/kt/faith]])

यूहन्‍नाको बप्‍तिस्मा

यूहन्‍नाले बप्‍तिस्मा दिइरहेका मानिसहरू आफूहरू पापीहरू हौँ भनी जान्दथे र तिनीहरूको पापको लागि क्षमाप्रार्थी थिए भनेर दखाउनलाई तिनले मानिसहरूलाई बप्‍तिस्मा दिए । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/repent]] अनि [[rc:///tw/dict/bible/kt/sin]])

“पापीहरू”

लूकाले मानिसहरूको एक समूहलाई “पापीहरू” भनेर जनाउँछन् । यहूदी अगुवाहरूले यी मानिसहरू मोशाको व्यवस्थाबाट बिल्कुलै अन्जान छन् भनेर ठाने, त्यसैले तिनीहरूलाई “पापीहरू” भने । वास्तवमा, अगुवाहरू नै पापी थिए । यो अवस्‍थालाई एउटा व्यङ्ग्‍यको रूपमा लिन सकिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)

“पाउहरू”

प्राचीन पूर्व जनिक क्षेत्रमा भएका मानिसहरूका खुट्टाहरू धेरै फोहोरी हुन्थे किनभने तिनीहरूले चप्‍पल लगाउँथे र बाटो चाहिँ निकै धूलाम्‍मे र हिलैहिलो भएको हुन्थ्यो । केवल दाहरूले मात्र अरू मानिसहरुका पाउहरू धुने काम गर्थे । जुन स्‍त्रीले येशूको पाउ धोई त्यसले उहाँलाई महान् सम्मान देखाइरहेकी थिई ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“मानिसको पुत्र”

यस अध्यायमा येशूले आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ (लूका ७:३४) । तपाईंको भाषाले तिनीहरूलाई आफ्‍नो विषयमा मानौँ तिनीहरूले अरू कसैको बारेमा बताएको जसरी कुरा गर्न नदिन सक्छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/sonofman]] अनि [[rc:///ta/man/translate/figs-123person]])