ne_tn/luk/05/intro.md

7.5 KiB

लूका ०५ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“तिमीले मानिसहरूलाई पक्रनेछौ”

पत्रुस, याकूब, र यूहन्‍ना माझीहरू थिए । जब येशूले तिनीहरूलाई बताउनुभयो कि तिनीहरूले मानिसहरूलाई पक्रिने थिए, तिनीहरूले मानिसहरूलाई उहाँको बारेमा भएको सुसमाचारलाई विश्‍वास गर्न सहायता गरेको उहाँले चाहनुहुन्छ भनेर तिनीहरूलाई बताउन उहाँले एउटा अलङ्कारको प्रयोग गरिरहनुभएको थियो । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/disciple]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

पापीहरू

जब येशूको समयका मानिसहरूले “पापीहरू”को बारेमा कुरा गर्थे, तिनीहरूले ती मानिसहरूको बारेमा कुरा गरिरहेका थिए जसले मोशाको व्यवस्थाको पालना गर्दैनथे र बरु चोरी र यौन सम्बन्धीका पापहरू गर्थे । जब येशूले भन्‍नुभयो कि उहाँ “पापीहरू”लाई बोलाउन आउनुभयो, उहाँको अर्थ यो थियो कि केवल ती मानिसहरू मात्र उहाँको अनुयायीहरू हुन सक्छन् जसले आफूहरू पापीहरू भएको विश्‍वास गर्छन् । यदि अधिकांश मानिसहरूले “पापीहरू” भनेर सोच्‍ने जस्तो तिनीहरू छैनन् भने पनि यो सत्य हो । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/sin)

उपवास बस्‍ने र भोज गर्ने

मानिसहरूले तिनीहरू निरास छन् वा तिनीहरू आफ्‍ना पापहरूको लागि क्षमाप्रार्थी छन् भनेर परमेश्‍वरलाई देखाउने बेलामा मानिसहरूले उपवास बस्छन् वा लामो समयसम्‍म खानेकुरा खाँदैनन् । जब तिनीहरू खुशी हुन्छन्, जस्तै विवाहको समयमा, तिनीहरूले भोज, वा खाना खान्छन् जुन समयमा तिनीहरूले धेरै खानेकुरा खान्छन् । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/other/fast)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

परिकल्पित परिस्थिति

येशूले फरिसीहरूलाई दोष लगाउन एउटा परिकल्पित परिस्थितिको प्रयोग गर्नुहुन्छ । यस खण्‍डले “असल स्‍वास्थ्यमा भएका मानिसहरू” र “धर्मी मानिसहरू”लाई समावेश गर्छ । यसको अर्थ यो होइन कि त्यहाँ त्यस्ता मानिसहरू छन् जसलाई येशू चाहिँदैन । त्यहाँ कुनै “धर्मी मानिसहरू” छैनन्, सबैलाई येशूको आवश्‍यक छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hypo अनि लूका ५:३१-३२)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

अन्तर्निहित जानकारी

यस अध्यायको थुप्रै भागहरूमा लेखकले केही जानकारीलाई अस्‍पष्‍ट नै छोडे जुन उनका मौलिक पाठकहरूले बुझेका वा त्यस बारेमा सोचेका हुन सक्छन् । नयाँ पाठकहरूलाई त्यस्ता केही कुराहरू थाहा नहुन सक्छ, त्यसैले लेखकले प्रवाह गर्न खोजिरहेका सबै कुरा बुझ्‍न तिनीहरूलाई कठिनाइ हुन सक्छ । यूएसटीले धेरैपटक ती जानकारीहरू कसरी प्रस्तुत गर्न सकिन्छ भनेर देखाउँछ ताकि नयाँ पाठकहरू ती खण्‍डहरू बुझ्‍न सक्षम होऊन् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-unknown]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

बितेका घटनाहरू

यस अध्यायका थुप्रै भागहरू पहिल्यै घटिसकेका घटनाहरूका क्रमहरू हुन् । कुनै दिइएको खण्‍डमा, लूकाले कहिलेकाहीँ केही घटनाहरूलाई पहिल्यै घटिसकेको रूपमा र अन्य घटनाहरू अझै घट्न जाने प्रक्रियामै (ती उनले लेख्‍ने समयमा पूरा भइसकेका भएतापनि) रहेको जसरी लेख्छन् । यसले घटनाहरूको अतार्किक क्रम बनाएर अनुवादमा कठिनाइ पैदा गर्न सक्छ । सबै घटनाहरू पहिल्यै घटिसकेका छन् भनेको जसरी लेखेर यिनीहरूलाई एक अर्कामा मिल्दो बनाउन आवश्‍यक हुन सक्छ ।

“मानिसको पुत्र”

यस खण्‍डमा येशूले आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ (लूका ५:२४) । तपाईंको भाषाले मानिसहरूलाई तिनीहरूको आफ्‍नै बारेमा बताउनलाई अरू कसैको बारेमा कुरा गरेको जसरी बताउन नदिन सक्छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/sonofman]] अनि [[rc:///ta/man/translate/figs-123person]])