ne_tn/luk/01/76.md

3.1 KiB

र वास्तवमा, तिमी

जकरियाले उनको छोरालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्न सुरु गर्न यो पदावली प्रयोग गर्छन् । तपाईंको भाषामा प्रत्यक्ष भनाइको लागि तपाईंसँग समान तरिका हुन सक्छ ।

तिमी, बालक, अगमवक्ता कहलाइनेछौ

मानिसहरूले उनी अगमवक्ता हुन् भनी थाहा पाउनेछन् । यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले तिमी अगमवक्ता हौ भनी चिन्‍नेछन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

सर्वोच्‍चको

यी शब्दहरू परमेश्‍वरको लागि नम्र शब्दहरू हुन् । वैकल्पिक अनुवादः “जसले सर्वोच्‍चको सेवा गर्छन्” वा “जसले सर्वोच्‍च परमेश्‍वरको निम्ति बोल्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)

तिमी प्रभुको अगि जानेछौ

प्रभु आउनभन्दा अगाडि, तिनी जानेछन् र मानिसहरूलाई घोषणा गर्नेछन् कि प्रभु तिनीहरूकहाँ आउनुहुनेछ । तपाईंले यसलाई लुका १:१७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

प्रभुको अगाडि

कसैको “मुहार अगाडि” एउटा उपमा हुन सक्छ जसले त्यो व्यक्तिको उपस्थितिलाई जनाउँछ । यसलाई कहिलेकाहीँ अनुवादमा हटाइन्छ । वैकल्‍पिक अनुवादः “प्रभु” तपाईंले यसलाई लुका १:१७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

उहाँका मार्गहरू तयार गर्न

यो एउटा अलङ्कार हो जसको अर्थ हो कि यूहन्नाले मानिसहरूलाई प्रभुको सन्देश सुन्न र विश्‍वास गर्न तयार गर्नेछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)