ne_tn/luk/01/17.md

3.4 KiB

उनी प्रभुको अगाडि एउटा अग्रदूतको रूपमा जानेछन्

प्रभु आउनभन्दा अगाडि, उनी जानेछन् र मानिसहरूलाई घोषणा गर्नेछन् कि प्रभु तिनीहरूकहाँ आउनुहुनेछ ।

प्रभुभन्दा अगाडि

यहाँ कोही व्यक्ति“को मुहार” एउटा उपमा हो जसले सो व्यक्तिको उपस्थितिलाई जनाउँछ । यसलाई कहिलेकाहीँ अनुवादमा हटाइन्छ । वैकल्‍पिक अनुवादः “प्रभु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

एलियाको शक्ति र आत्मामा

“उही आत्मा र शक्तिसँग जुन एलियासँग थियो ।” “आत्मा” शब्दले कि त परमेश्‍वरको पवित्र आत्मालाई जनाउँछ वा एलियाको आचरण वा उनको विचार गर्ने शैलीलाई जनाउँछ । यो कुरा निश्‍चय गर्नुहोस् कि “आत्मा” शब्दको अर्थ भूत वा दुष्‍टात्मा हुँदैन ।

बाबुहरूको हृदय आफ्ना छोराछोरीतिर फर्काउन

“तिनीहरूका छोराछोरीहरूको फेरि वास्ता गर्न बाबुहरूलाई मनाउन” वा “बाबुहरूलाई तिनीहरूका छोराछोरीहरूसँगको सम्बन्ध पुनर्स्थापना गराउन”

हृदयहरू फर्काउन

हृदयको बारेमा यसरी बताइएको छ मानौँ त्यो केही यस्तो कुरा हो जसलाई कुनै फरक दिशमा जान लगाउनलाई फर्काउन सकिन्छ । यसले कसैको केही कुराप्रतिको आचरणलाई बदल्‍ने कुरालाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनाज्ञाकारीहरू

यहाँ यसले ती मानिसहरुलाई जनाउँछ जसले प्रभुको आज्ञापालन गर्दैनन् ।

प्रभुको निम्ति मानिसहरू तयार गर्नका लागि

मानिसहरू के गर्नका लागि तयार पारिनेछन् भन्‍ने कुरालाई प्रस्‍टसँग बताउन सकिन्छ । वैकल्पिक अनुवादः “उहाँको सन्देशलाई विश्‍वास गर्न तत्‍पर रहेका मानिसहरू प्रभुको लागि तयार गर्न” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)