# उनी प्रभुको अगाडि एउटा अग्रदूतको रूपमा जानेछन् प्रभु आउनभन्दा अगाडि, उनी जानेछन् र मानिसहरूलाई घोषणा गर्नेछन् कि प्रभु तिनीहरूकहाँ आउनुहुनेछ । # प्रभुभन्दा अगाडि यहाँ कोही व्यक्ति“को मुहार” एउटा उपमा हो जसले सो व्यक्तिको उपस्थितिलाई जनाउँछ । यसलाई कहिलेकाहीँ अनुवादमा हटाइन्छ । वैकल्‍पिक अनुवादः “प्रभु” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]]) # एलियाको शक्ति र आत्मामा “उही आत्मा र शक्तिसँग जुन एलियासँग थियो ।” “आत्मा” शब्दले कि त परमेश्‍वरको पवित्र आत्मालाई जनाउँछ वा एलियाको आचरण वा उनको विचार गर्ने शैलीलाई जनाउँछ । यो कुरा निश्‍चय गर्नुहोस् कि “आत्मा” शब्दको अर्थ भूत वा दुष्‍टात्मा हुँदैन । # बाबुहरूको हृदय आफ्ना छोराछोरीतिर फर्काउन “तिनीहरूका छोराछोरीहरूको फेरि वास्ता गर्न बाबुहरूलाई मनाउन” वा “बाबुहरूलाई तिनीहरूका छोराछोरीहरूसँगको सम्बन्ध पुनर्स्थापना गराउन” # हृदयहरू फर्काउन हृदयको बारेमा यसरी बताइएको छ मानौँ त्यो केही यस्तो कुरा हो जसलाई कुनै फरक दिशमा जान लगाउनलाई फर्काउन सकिन्छ । यसले कसैको केही कुराप्रतिको आचरणलाई बदल्‍ने कुरालाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # अनाज्ञाकारीहरू यहाँ यसले ती मानिसहरुलाई जनाउँछ जसले प्रभुको आज्ञापालन गर्दैनन् । # प्रभुको निम्ति मानिसहरू तयार गर्नका लागि मानिसहरू के गर्नका लागि तयार पारिनेछन् भन्‍ने कुरालाई प्रस्‍टसँग बताउन सकिन्छ । वैकल्पिक अनुवादः “उहाँको सन्देशलाई विश्‍वास गर्न तत्‍पर रहेका मानिसहरू प्रभुको लागि तयार गर्न” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])