ne_tn/luk/01/47.md

1.1 KiB

मेरो आत्माले आनन्द मनाएको छ

“प्राण” र “आत्मा” दुवैले व्यक्तिको आत्मिक पाटोलाई जनाउँछ । मरियमले भनिरहेकी छिन् कि तिनको आराधना तिनको भित्री अन्तस्करणबाट आउँछ । वैकल्पिक अनुवादः “मेरो हृदयले आनन्द मनाएको छ” वा “म आनन्द मनाउँछु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

आनन्द मनाएको छ

“धेरै आनन्दित भएको महसुस गर्छ” वा “धेरै खुसी भएको छ”

परमेश्‍वर मेरो उद्धारक

“मलाई बचाउनुहुने परमेश्‍वर” वा “परमेश्‍वर जसले मलाई बचाउनुहुन्छ”