ne_tn/luk/01/35.md

2.5 KiB

पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ

मरियमको गर्भधारणको प्रक्रियाको सुरुवात पवित्र आत्मा तिनीमाथि आउनुभएबाट सुरु हुने थियो ।

... माथि आउनुहुनेछ

“ढाक्‍नुहुनेछ”

सर्वोच्‍चको शक्ति

यो परमेश्‍वरको “शक्ति” थियो जसले मरियमलाई तिनी कुमारी अवस्थामा छँदाखेरी नै अलौकिक रीतिले गर्भवति हुन लगाउने थियो । त्यहाँ कुनै शारीरिक वा यौन सम्बन्ध थिएन भन्‍ने कुराप्रति होसियार हुनुहोस्-यो एउटा आश्‍चर्यकर्म थियो ।

तिमीलाई छायाँमा पार्नुहुनेछ

“तिमीलाई छायाँले झैँ ढाक्‍नुहुनेछ”

त्यसैले जो जन्मनुहुनेछ, उहाँलाई परमेश्‍वरको पुत्र कहलाइनेछ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यसैले जन्मनुहुने पवित्र जनलाई तिनीहरूले परमेश्‍वरको पुत्र भनेर बोलाउनेछन्” वा “त्यसैले त्यो बालक जो जन्मनुहुनेछ, उहाँ पवित्र हुनुहुनेछ, र मानिसहरूले उहाँलाई परमेश्‍वरको पुत्र भनी बोलाउनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

पवित्र जन

“पवित्र बालक” वा “पवित्र शिशु”

परमेश्‍वरको पुत्र

यो येशूको निम्ति एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)