ne_tn/lev/13/09.md

2.1 KiB

त्यसलाई पुजारीकहाँ लगिनुपर्छ

रोग फैलदैछ वा छैन भनेर पूजारी निर्धारण गर्थ्यो। यसलाई कर्तृवाच्यमा अनुवाद सकिन्छ । अर्को अनुवादः "कसैले त्यसलाई पुजारीकहाँ लग्‍नुपर्छ" (EN-UDB)अथवा "त्यो पुजारीकहाँ जानुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

फुलेको ठाउँमा कुनै आलो मासु पलाएको छ वा छैन

यहाँ "आलो मासु" ले छालामा भएको खुल्‍ला घाऊ वा नयाँ पलाएको छालालाई जनाउन सक्छ, तर त्यसको वरपरको भाग अझै पनि रोगग्रस्त हुन्छ । जुनै भएपनि यसले छालाको रोग राम्ररी निको भएको छैन भनेर संकेत दिन्छ ।

धेरै पुरानो छालाको रोग

धेरै लामो समयको अवधि देखि नै भइरहेको वा फेरि दोहरिएको यो एउटा रोग हो ।

पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो पहिले नै अशुद्ध भएको

अरू मानिसहरूले छुन नहुने त्यस मानिसबारे यसरी बताइएको छ कि मानौँ त्यो शारीरिक रूपमा अशुद्ध थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद