ne_tn/lev/01/03.md

3.1 KiB

सामान्‍य जानकारी

मानिसहरूका बलिदानहरू परमप्रभुलाई ग्रहणयोग्‍य हुन तिनीहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई भन्‍न निरन्तरता दिनुभयो ।

यदि त्यसको बलि ... त्यसले ... ल्याओस्

यहाँ " त्यसको" र "त्यसले" ले परमप्रभुकहाँ बलि ल्‍याउने व्‍यक्‍तिलाई जनाउँछ । लेवीहरू १:२मा दिइएझैँ गरी यसलाई द्वितीय पुरुषमा अनुवाद गर्न सकिन्‍छ । अर्को अनुवाद : "यदि तिमीहरूको बलि ... तिमीहरू ... ल्‍याउनुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

परमप्रभुको अगि ग्रहणयोग्‍य होस् भनेर

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि : "परमप्रभुद्वारा उहाँको अगि ग्रहण गरियोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

आफ्नो हात त्यस ... टाउकोमाथि राखोस्

यो एउटा सांकेतिक कार्य हो जसले एउटा व्‍यक्‍ति सहित उसले चढाउने पशुलाई चिनाउछ । यसरी कुनै व्‍यक्‍तिले पशुको माध्‍यमबाट आफैलाई परमप्रभुमा अर्पण गर्छ ताकि तिनीहरूले पशु मार्दा परमेश्‍वरले त्‍यस व्‍यक्‍तिको पापहरू क्षमा गरिदिनुभएको होस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

त्यसपछि त्यसको खातिर त्यो प्रायश्‍चित्तको रूपमा ग्रहण हुने छ

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि : " त्यसपछि त्यसको खातिर त्यो प्रायश्‍चित्तको रूपमा ग्रहण गरिनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद