ne_tn/lam/01/15.md

2.4 KiB

मेरो प्रतिरक्षा गर्ने मेरा सबै शक्तिशाली मानिस

यस भागमा यरूशलेम अझै पनि आफ्नो बारेमा बोलिरेकी स्‍त्रीको रूपमा वर्णन गरिएको छ ।

शक्तिशाली मानिस

"सबैभन्दा बलिया सैनिक"

सभा

शत्रु सेनाले यरूशलेमलाई आक्रमण गर्नुलाई यहाँ त्यो कसैलाई दोष लगाउन र दण्ड दिनको लागि एक साथ जम्मा भएको मानिसको सभा भएझैँ बताइएको छ । अर्को अनुवादः "सेना" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

हट्टाकट्टा मानिसहरू

जीवनमा सबै भन्दा बढि फुर्ति भएको समयका मानिसहरू

परमप्रभुले ... दाखको कोलमा कुल्चिमिल्ची पार्नुभएको छ

परमेश्‍वरको न्यायलाई यहाँ यरूशलेम दाख भएझैँ बताइएको छ जसलाई रस निकाल्नको लागि उहाँले कुल्चिमिल्ची पार्नुभएको थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

यहूदाका कन्या-छोरीहरू

यो यरूशलेमको लागि कवितात्मक नाम हो, जुन यहाँ एउटा स्‍त्रीझैँ बताइएको छ । "कन्या" शब्दले त्यस स्‍त्री चोखो छिन् भन्‍ने कुरा बुझाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद