ne_tn/lam/01/11.md

3.8 KiB

त्यसका सबै मानिस

"त्यसका" शब्दले यरूशलेमलाई जनाउँछ जुन एउटा स्‍त्री भएझैँ वर्णन गरिएको छ । अर्को अनुवादः "त्यसका सबै बासिन्दा" अथवा "सहरका सबै मानिस" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

खजानाहरू

"धन"

आफ्ना प्राण बचाउनलाई

अर्को अनुवादः "आफ्ना प्राण जोगाउनलाई" अथवा "आफ्ना बल बचाउनलाई"

हे परमप्रभु, हेर्नुहोस्, र मलाई विचार गर्नुहोस्

यहाँ यरूशलेम परमप्रभुसित सिधै बातचित गर्न सुरुवात गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

यताबाट भएर जाने तिमीहरू सबैलाई के यसको वास्ता छैन ?

यो यरूशलेम भएर हिड्ने र त्यसको वास्ता नगर्ने मानिसहरूप्रतिको आरोप हो । तिनीहरूलाई कडासँग हप्‍काउन यसमा आलङ्कारिक प्रश्‍नको शैली छ । अर्को अनुवादः "यताबाट भएर जाने तिमीहरू सबै जनाले मेरो कष्टको बारे अझ ध्यान दिनुपर्छ !" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तिमीहरू ... के यसको वास्ता छैन

तर अब चाँहि त्यताबाट भएर जाने मानिसहरूसित, यहाँ यरूशलेम निरन्तर बोल्‍छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

हेर र विचार गर

यी शब्दहरूले उस्तै अर्थ दिन्छ । यति धेरै दुःख अरू कसैले पनि भोगेको छैन भन्‍ने कुरा देखाइ लेखकलाई बुझाउन यी शब्दहरूले एकसाथ सहायता गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

मलाई दिइएको शोकजस्तै कसैको शोक छ कि छैन भनेर हेर र विचार गर

यति धेरै दुःख भोग्‍ने अरू कोहि पनि छैन भन्‍ने यसको आशय हो ।

मलाई दिइएको शोक

अर्को अनुवादः "परमप्रभुले मलाई दिनुभएको शोक" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

आफ्नो भयङ्कर क्रोधको दिनमा

अर्को अनुवादः "उहाँ भयङ्कररूपमा क्रोधित हुनुहुँदा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद