3.8 KiB
त्यसका सबै मानिस
"त्यसका" शब्दले यरूशलेमलाई जनाउँछ जुन एउटा स्त्री भएझैँ वर्णन गरिएको छ । अर्को अनुवादः "त्यसका सबै बासिन्दा" अथवा "सहरका सबै मानिस" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)
खजानाहरू
"धन"
आफ्ना प्राण बचाउनलाई
अर्को अनुवादः "आफ्ना प्राण जोगाउनलाई" अथवा "आफ्ना बल बचाउनलाई"
हे परमप्रभु, हेर्नुहोस्, र मलाई विचार गर्नुहोस्
यहाँ यरूशलेम परमप्रभुसित सिधै बातचित गर्न सुरुवात गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)
यताबाट भएर जाने तिमीहरू सबैलाई के यसको वास्ता छैन ?
यो यरूशलेम भएर हिड्ने र त्यसको वास्ता नगर्ने मानिसहरूप्रतिको आरोप हो । तिनीहरूलाई कडासँग हप्काउन यसमा आलङ्कारिक प्रश्नको शैली छ । अर्को अनुवादः "यताबाट भएर जाने तिमीहरू सबै जनाले मेरो कष्टको बारे अझ ध्यान दिनुपर्छ !" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)
तिमीहरू ... के यसको वास्ता छैन
तर अब चाँहि त्यताबाट भएर जाने मानिसहरूसित, यहाँ यरूशलेम निरन्तर बोल्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)
हेर र विचार गर
यी शब्दहरूले उस्तै अर्थ दिन्छ । यति धेरै दुःख अरू कसैले पनि भोगेको छैन भन्ने कुरा देखाइ लेखकलाई बुझाउन यी शब्दहरूले एकसाथ सहायता गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)
मलाई दिइएको शोकजस्तै कसैको शोक छ कि छैन भनेर हेर र विचार गर
यति धेरै दुःख भोग्ने अरू कोहि पनि छैन भन्ने यसको आशय हो ।
मलाई दिइएको शोक
अर्को अनुवादः "परमप्रभुले मलाई दिनुभएको शोक" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)
आफ्नो भयङ्कर क्रोधको दिनमा
अर्को अनुवादः "उहाँ भयङ्कररूपमा क्रोधित हुनुहुँदा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)