ne_tn/job/28/03.md

2.5 KiB

एक जना मानिसले अन्धकारलाई हटाउँछ

यहाँ "अन्धकारलाई हटाउँछ" ले अन्धकारमा ज्योति चम्कनुलाई जनाउँछ ।मानिसहरूले आगो लालटिन वा राँकोमा प्रयोग गर्छन् । अर्को अनुवादः "मानिसले अन्धकार ठाउँमा ज्योति लग्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

पल्‍लो छेउसम्‍म

"मबाट सबैभन्दा टाढाको भागसम्म"

अँध्‍यारो अनि घोर अन्‍धकार

अन्धकार एकदम घनघोर छ भन्‍ने कुरालाई जोड दिन यी दुई वाक्यांशहरू एकसाथ प्रयोग भएका छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

सुरुङ्

जमिन वा चट्टानमा खनिएको गहिरो साँघुरो प्वाल । मानिसहरू प्वालबाट तल खानी खोज्‍न जान्छन् ।

कसैको खुट्टाले नटेकेको ठाउँमा

मानिसहरू नहिँड्ने ठाउँको बारेमा यसरी बताइएको छ कि मानौं त्यस ठाउँमा कसैले खुट्टाले टेकेको थिएन । अर्को अनुवादः "जहाँ कोही हिँडेको थिएन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

मानिसहरूभन्दा धेरै पर ऊ झुण्डिन्छ

कति टाढा र कहाँ ऊ झुण्डिन्छ भनी स्‍पष्‍ट लेख्‍न सकिन्छ । अर्को अनुवादः "मानिसहरूभन्दा धेरै पर ऊ सुरुङ्‌मा डोरीले झुण्डिन्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद