ne_tn/job/04/10.md

2.5 KiB

सामान्य जानकारीः

दुष्ट मानिसहरूलाई परमेश्‍वरले नष्‍ट गर्नुभएको कुरालाई जोड दिन बेग्‍ला-बेग्‍लै सामान्य वाक्‍य प्रयोग गरी एउटै विचारधारणा व्यक्त गर्दै लेखकले यी प्रत्‍येक पदहरूमा समानान्तर प्रयोग गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

सिंहको गर्जन, हिंस्रक सिंहको सोर र जवान सिंहहरूका दाँत— ती भाँचिएका छन्

यहाँ सिंहको गर्जन, त्‍यसको सोर, र सिंहहरूका दाँत भाँचिनुले दुष्ट नष्‍ट हुनुको चित्रणको रूपमा प्रयोग गरिएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

ती भाँचिएका छन्

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "ती कुनै कुराले भाँच्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

सिकारको अभावले बुढो सिंह नष्‍ट हुन्छ । सिंहनीका डमरुहरू जताततै छरपष्‍ट भएका हुन्‍छन्

बुढो सिंह भोकले मर्नु र सिंहको परिवार छरपष्‍ट हुनु चित्रणलाई दुष्ट नष्‍ट हुनुको रूपकहरूको रूपमा एलीपज प्रयोग गर्छन् ।

छरपष्‍ट भएका हुन्‍छन्

"कुनै कुराले सिंहनीका डमरुहरूलाई छरपष्‍ट पार्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद