ne_tn/jhn/11/intro.md

4.7 KiB

यूहन्‍ना ११ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

ज्योति र अन्धकार

बाइबलले धेरैपटक अधर्मी मानिसहरू, ती मानिसहरू जसले परमेश्‍वरलाई खुशी बनाउने कुराहरू गर्दैनन्, तिनीहरूलाई अन्धकारमा रुमल्‍लिरहेको भए जसरी कुरा गर्छ । यसले ज्योतिको बारेमा त्यसरी कुरा गर्छ मानौँ यो नै त्यो चीज हो जसले ती मानिसहरूलाई धर्मी बन्‍न, तिनीहरूले के गल्ती गरिरहेका छन् भनेर बुझ्‍न र परमेश्‍वरको आज्ञापालन गर्न थाल्‍नको लागि सामर्थी बनाउँछ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/righteous)

निस्तार

येशूले लाजरसलाई फेरि जीवित बनाइसक्‍नुभए पश्‍चात, यहूदी अगुवाहरूले उहाँलाई मार्नलाई भरमग्‍दुर कोसिस गरिरहेका थिए, त्यसैले उहाँ गोप्‍य तरिकाले एक ठाउँदेखि अर्को ठाउँमा यात्रा गर्न सुरु गर्नुभयो । अब फरिसीहरू जान्दथे कि उहाँ निस्तारको लागि सम्भवतः यरूशलेममा आउनुहुने थियो किनकि परमेश्‍वरले सबै यहूदी मानिसहरूलाई निस्तार चाड यरूशलेममा मान्‍नलाई आज्ञा गर्नुभएको थियो, त्यसैले तिनीहरूले उहाँलाई पक्रिने र त्यसपछि मार्ने योजना गरे ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

“एकजना मानिस मानिसहरूको लागि मर्छ”

मोशाको व्यवस्थाले पूरोहितहरूलाई पशुहरूलाई मार्न आज्ञा दियो ताकि परमेश्‍वरले मानिसहरूको पाप क्षमा गर्नुभएको होस् । प्रमुख पूजाहारी कैयाफाले भने, “यो तिमीहरूको लागि असल छ कि सम्‍पूर्ण जाति नै नाश हुनुभन्दा एकजना मानिस सबै मानिसहरूको लागि मर्छ” (यूहन्‍ना १०:५०) । उनले यसो भने किनकि उनले लाजरसलाई पुनः जीवित बनाउनुहुने परमेश्‍वरलाई भन्दा आफ्‍नो “ठाउँ” र “जाति”लाई प्रेम गर्थे (यूहन्‍ना १०:४८) । उनले येशू मर्नुभएको चाहन्थे ताकि रोमीहरूले मन्दिर र यरूशलेमलाई नाश नपारून्, तर परमेश्‍वरले येशू मर्नुभएको चाहनुहुन्थ्यो ताकि उहाँले उहाँका सबै मानिसहरूका पापहरू क्षमा गर्नसक्‍नुभएको होस् ।

परिकल्‍पित परिस्थिति

जब मार्थाले भनिन्, “यदि तपाईं यहाँ हुनुभएको भए, मेरो भाइ मर्ने थिएन”, तिनले एउटा हुन सक्‍ने परिस्थितिको बारेमा कुरा गर्दै थिइन् जुन तर भएन । येशू आउनुभएको थिएन, र तिनका भाइ मरेका थिए ।