ne_tn/jhn/09/intro.md

3.8 KiB

यूहन्‍ना ०९ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“कसले पाप गर्‍यो ?”

येशूको समयका धेरैजसो यहूदीहरूले विश्‍वास गर्थे कि यदि कोही व्यक्ति अन्धो वा बहिरो वा लङ्गडो थियो भने, त्यो उसले वा उसको बाबुआमा वा उसको परिवारको कसैले पाप गरेको कारणले थियो । यो मोशाको व्यवस्‍थाको शिक्षा थिएन ।

“उसले विश्रामको दिनको पालना गर्दैन”

येशूले माटोको लेप बनाउनुभएकोले फरिसीहरूले सोचे कि येशूले काम गरिरहनुभएको थियो, र त्यसैले विश्रामको दिन भङ्ग गरिरहनुभएको थियो ।

यस अध्यायमा भएका महत्त्वपूर्ण अलङ्कारहरू

ज्योति र अन्धकार

बाइबलले धेरैपटक अधर्मी मानिसहरू, ती मानिसहरू जसले परमेश्‍वरलाई खुशी बनाउने कुराहरू गर्दैनन्, तिनीहरूलाई अन्धकारमा रुमल्‍लिरहेको भए जसरी कुरा गर्छ । यसले ज्योतिको बारेमा त्यसरी कुरा गर्छ मानौँ यो नै त्यो चीज हो जसले ती मानिसहरूलाई धर्मी बन्‍न, तिनीहरूले के गल्ती गरिरहेका छन् भनेर बुझ्‍न र परमेश्‍वरको आज्ञापालन गर्न थाल्‍नको लागि सामर्थी बनाउँछ ।

देख्‍नु र अन्धो हुनु

येशूले फरिसीहरूलाई अन्धाहरू भन्‍नुहुन्छ किनभने तिनीहरू देख्‍छन् कि येशू अन्धा मानिसहरूलाई निको पार्न सक्षम हुनुहुन्छ तर परमेश्‍वरले उहाँलाई पठाउनुभयो भनेर तिनीहरू अझै पनि विश्‍वास गर्दैनन् (यूहन्‍ना ९:३९-४०).

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“मानिसको पुत्र” आफैँलाई

येशूले यस अध्यायमा आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ (यूहन्‍ना ९:३५) । तपाईंको भाषाले मानिसहरूलाई तिनीहरूका आफ्‍नै बारेमा कुरा गर्न कोही अरूको बारेमा कुरा गरेको जसरी बताउन नदिन सक्छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/sonofman]] अनि [[rc:///ta/man/translate/figs-123person]])