ne_tn/jhn/09/35.md

1.8 KiB

सामान्य जानकारीः

येशूले निको पार्नुभएको त्यो मानिसलाई भेट्टाउनुहुन्छ (यूहन्‍ना ९:१-७) अनि त्यो र भीडसँग बोल्न थाल्नुहुन्छ ।

पुत्रमा विश्‍वास गर्छौ

यसको अर्थ हुन्छ, कि येशूमा विश्‍वास गर्नु, उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी विश्‍वास गर्नु, उहाँमा भरोसा गर्नु, उहाँलाई आदर हुने किसिमको जीवन जिउनु ।

मानिसको पुत्र

यहाँ पाठकले बुझ्‍नुपर्छ कि येशूले यसरी कुरा गरिरहनुभएको थियो मानौँ “मानिसको पुत्र” कोही अर्कै व्यक्ति थियो । जन्मजातै अन्धो जन्मिएको मानिसले चाल पाउन सकेन कि येशूले “मानिसको पुत्र”को बारेमा कुरा गरिरहनुभएको बेलामा उहाँले आफ्‍नै बारेमा कुरा गरिरहनुभएको थियो । तपाईंले यसरी अनुवाद गर्नुपर्छ कि पद ३७ नआउञ्‍जेलसम्‍म त्यस मानिसले येशू मानिसको पुत्र हुनुहुन्छ भनी थाहा गर्दैन ।