ne_tn/jhn/04/intro.md

5.2 KiB

यूहन्‍ना ०४ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यूहन्‍नाले ४:४-३८ ले येशूलाई “जीवित पानी”को रूपमा लिने शिक्षामा केन्द्रित रहेको एउटा कथा बनाउँछ जसले उहाँलाई विश्‍वास गर्ने सबैलाई अनन्त जीवन दिनुहुन्छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/believe)

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“उहाँलाई सामरिया भएर जानु जरुरी थियो”

यहूदीहरूले सामरियाको क्षेत्रबाट यात्रा गर्न पन्साउँथे किनभने सामरीहरू ईश्‍वरहीन मानिसहरूका सन्तानहरू थिए । त्यसैले येशूलाई त्यो गर्न जरुरी थियो जुन अधिकांश यहूदीहरु गर्न चाहँदैनथे । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/godly]] अनि [[rc:///tw/dict/bible/names/kingdomofisrael]])

“घडी आउँदैछ”

येशूले यी शब्दहरू साठी मिनेटभन्दा कम वा बढी हुने समयको बारेमा अगमवाणीहरू सुरु गर्न प्रयोग गर्नुभयो । “त्यो घडी” जसमा साँचो आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्छन्, त्यो साठी मिनेटभन्दा लामो अवधि हो ।

आराधनाको उचित स्थल

येशू आउनुभन्दा लामो समय अगाडि, सामरी मानिसहरूले तिनीहरूका देशमा झुटो मन्दिर स्थापना गरेर मोशाको व्यवस्था तोडेका थिए (यूहन्‍ना ४:२०) । मानिसहरूले कहाँ आराधना गर्छन् भन्‍ने कुरा अब महत्त्वपूर्ण थिएन भनेर येशूले त्यस स्‍त्रीलाई व्याख्या गर्नुभयो (यूहन्‍ना ४:२१-२४) ।

फसल कटनी

फसल कटनी भनेको त्यो समयमा हो जब मानिसहरू तिनीहरूले रोपेका अन्‍न बालीहरूलाई लिन बाहिर जान्छन् ताकि तिनीहरूले त्यसलाई तिनीहरूका घरहरूमा लान सकून् र खान सकून् । अरू मानिसहरू परमेश्‍वरको राज्यको हिस्‍सा हुन सकून् भनेर येशूले उहाँका अनुयायीहरूलाई तिनीहरूकहाँ जान र तिनीहरूलाई येशूको बारेमा बताउन आवश्‍यक छ भनी सिकाउनको लागि एउटा अलङ्कारको रूपमा यसलाई प्रयोग गर्नुभयो । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/faith)

“सामरी स्‍त्री”

यूहन्‍नाले यो कथालाई सम्भवतः विश्‍वास गर्ने सामरी स्‍त्री र विश्‍वास नगर्ने र पछि येशूलाई मार्ने यहूदीहरूको बीचमा भएको भिन्‍नतालाई देखाउनको लागि भन्‍नुभयो । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/believe)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“आत्मा र सत्यतामा”

ती मानिसहरूले नै परमेश्‍वरलाई प्रसन्‍न बनाउँछन् जसलाई परमेश्‍वर को हुनुहुन्छ भनी थाहा हुन्छ र जसले उहाँ जो हुनुहुन्छ त्यसको लागि उहाँलाई आराधना गर्न रमाउँछन् र उहाँलाई प्रेम गर्छन् । तिनीहरूले कहाँ आराधना गर्छन् भन्‍ने कुरा महत्त्वपूर्ण छैन ।