ne_tn/jdg/15/14.md

2.5 KiB

जब उनी ... आए

शिमशोन एक्‍लै यात्रा गरिरहका छैनन्, तिनी तिनलाई डोरीले बाँध्‍ने मानिसहरूद्वारा डोर्‍याइँदैछन् । अर्को अनुवादः "जब तिनीहरू ... आए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

लही

यो यहूदाको एउटा सहरको नाम हो । तपाईंले न्यायकर्ता १५:९मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शक्तिको साथमा उनीमाथि आउनुभयो

यहाँ "आउनुभयो" भन्‍ने शब्दको अर्थ परमप्रभुको आत्माले शिमशोनलाई प्रभाव पार्नुभयो भन्‍ने हुन्छ । यस मामिलामा, उहाँले तिनलाई धेरै बलियो बनाउनुभयो । अर्को अनुवादः "शिमशोनलाई निकै बलियो पार्नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तिनका पाखुराका डोरीहरू डढेका सनपाटझैँ भए

शिमशोनका हात बाँधिएका डोरीहरू उनले सजिलै तोडे । उनले त्यो कति सजिलै तोडेका थिए भन्‍ने कुरालाई लेखक यसरी बताउँछन् कि मानौँ ती डढेका सनपाट बने । अर्को अनुवादः "उनका हातका डोरीहरू डढेका सनपाट भएजस्तै उनले आफ्‍ना पाखुरामा भएको डोरी चुडाले" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

सनपाट

धागो र लुगा सिउन प्रयोग गरिने सनपाटको बोटबाटको fibers

शब्द अनुवाद