ne_tn/jdg/14/05.md

2.8 KiB

शिमशोन ... तल तिम्नामा गए

यहाँ "तल" भन्‍ने शब्द प्रयोग भएको छ किनभने तिम्‍ना तिनको बुबाको घर भएको ठाउँभन्दा उचाइमा कम छ । तिम्‍ना सोरेक उपत्यकामा भएको एउटा सहरको नाम हो । तपाईंले न्यायकर्ता १४:१मा गर्नुभएजस्तै यस सहरको नामलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

अनि एउटा जवान सिंह आयो

"आयो" शब्दले त्यो सिंह तिनको नजिक आयो भन्‍ने अर्थ दिन्छ । अर्को अनुवादः "अचानक एउटा जवान सिंह तिनको नजिक आयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शिमशोनमाथि गर्जन थाल्यो

"तिनलाई धम्कायो ।" यो सिंहले केहि कुरालाईआक्रमण गर्नलाई धम्काउँदा निकाल्‍ने आवाज हो ।

परमप्रभुका आत्मा अचानक तिनीमाथि आउनुभयो

"आउनुभयो" शब्दको अर्थ परमप्रभुका आत्माले शिमशोनलाई प्रभाव गर्नुभयो । यस विषयमा, उहाँले तिनलाई धेरै बलियो बनाउनुभयो । अर्को अनुवादः "परमप्रभुका आत्माले तिनलाई बलियो बनाउनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

च्यातिदिए

दुई टुक्रा परिदिए

उनको हातमा भने केही पनि थिएन

तिनले केही हतियार समातेका थिएनन् भनेर जोड दिनलाई तिनको हातमा केही थिएन भनी यसले भन्‍छ । अर्को अनुवादः "हतियार थिएन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

शब्द अनुवाद