ne_tn/jdg/09/38.md

3.2 KiB

जबूल

न्यायकर्ताहरू ९:२८मा तपाईंले गर्नुभएझैं यो नामलाई अनुवाद गर्नुहोस् ।

तिम्रा घमण्डपूर्ण कुराहरू अब कहाँ छन्?

आलङ्‍कारिक प्रश्‍न सोधेर जबूल गाललाई गाली गर्दै छन् ।"कुराहरू" ले भनिएका कुराहरूलाई जनाउँछ ।अर्को अनुवादः "तिमी अहिले घमण्डपूर्ण कुराहरू बोलिरहेका छैनौं!" वा " तिमी अब घमण्डी छैनौ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तिमीले भन्थ्यौ, ‘अबीमेलेक को हो र हामीले किन त्यसको सेवा गर्नुपर्ने?

जबूलले गालको घमण्डलाई गालकहाँ फिर्ता दिएर बोल्दैछन् । यसलाई सामान्‍य वाक्यमा र अप्रत्‍यक्ष वाक्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः " हामीले अबीमेलेकको सेवा गर्नुपर्दैन भनी तिमीहरले भनेका थियौ ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-quotations]])

तिमीले तुच्छ ठानेका मानिसहरू यी नै होइनन्?

यो आलङ्‍कारिक प्रश्‍न सोधेर जबूल गाललाई चुनौती दिँदैछन् । यस प्रश्‍नलाई सामान्य वाक्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तिमीले तुच्छ ठानेका मानिसहरू यी नै हुन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तुच्छ ठानेका

"घृणा गरेका" वा "मन नपराएका"

गाल

यो एउटा मानिसको नाम हो ।न्यायकर्ताहरू ९:२६मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

धेरै घाइते भएर मरे

यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "धेरै चोटपटक लागेर मरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद