ne_tn/jdg/05/19.md

3.7 KiB

राजाहरू आए, तिनीहरू युद्ध लडे । कनानका राजाहरू... लडे

राजाका मानिसहरूको समूहलाई तिनीहरूले अगुवाइ गर्ने सेनालाई जनाउन प्रयोग गरिएको छ । अर्को अनुवादः "राजाहरू र तिनीहरूका सेनाहरू आए र युद्ध लडे । कनानका राजाहरू र तिनीहरूका सेनाहरू... लडे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

तिनीहरू युद्ध लडे... लडे

"हामी" शब्द भएको बुझ्‍न सकिन्छ । अर्को अनुवादः " तिनीहरू हामीसित युद्ध लडे ... हामीसित लडे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

मगिद्दो... तानाक

न्यायकर्ताहरू १:२७मा तपाईंले गर्नुभएझैं यी ठाउँका नामहरूलाई अनुवाद गर्नुहोस् ।

लुटको रूपमा कुनै चाँदी लगेनन्

यहाँ "चाँदी" ले समग्रमा कुनै पनि धन-सम्पत्तिलाई जनाउँछ । अर्को अनुवादः " लुटेर कुनै पनि चाँदी वा अरू धन-सम्पत्तिहरू लगेनन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

लुट

प्रायः युद्धमा वा चोरले जवरजस्ती लिएका कुराहरू

आकाशबाट ताराहरू युद्ध लडे, आकाशमा तिनीहरूका मार्गहरूबाट तिनीहरू सीसराको विरुद्धमा युद्ध लडे

परमप्रभुले सीसरा र तिनका सेनालाई परास्‍त गर्न इस्राएलीलाई सहायता गर्नुलाई यसरी बताइएको छ कि मानौं ताराहरू स्‍वयम् सीसरा र तिनका सेनाको विरुद्धमा युद्ध लडे। यसले परमप्रभुले सीसरालाई परास्त गर्न प्राकृतिक कुराहरू जस्‍तै वर्षा आँधीबेहेरीलाई प्रयोग गर्नुभएको कुरालाई जनाउन सक्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

सीसराको विरुद्ध

यहाँ "सीसरा" ले तिनको सिङ्‍गो सेनालाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

सीसरा

न्यायकर्ताहरू ४:२ मा तपाईंले गर्नुभएझैं यस नाम अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद