ne_tn/jdg/05/16.md

2.4 KiB

गोठालाहरूले आफ्ना बगालको निम्ति बाँसुरी बजाएको सुन्दै तिमीहरू किन आगोका वरिपरि बस्यौ?

रूबेनका मानिसहरूलाई आलोचना गर्न यो प्रश्‍न सोधियो किनभने तिनीहरूले युद्धमा लडाइँ गर्ने निर्णय गरेनन् । यसलाई सामान्‍य वाक्यमा अनुवाद गर्न सकिन्छ ।अर्को अनुवादः " गोठालाहरूले आफ्ना बगालको निम्ति बाँसुरी बजाएको सुन्दै घरमा बस्‍नुको सट्टा तिमीहरूले लडाइँमा हामीलाई सहायता गर्नुपर्ने थियो ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-explicit]])

आगोका वरिपरि

बाइबलका केही संस्‍करणहरूले यसलाई "गोठ" भनी अनुवाद गरेका छन् ।

हृदय खोज्‍ने काम धेरै भयो

यहाँ "हृदय" ले सोचलाई जनाउँछ । मानिसहरू एक-अर्कासँग छलफल गरेको तर के गर्नुपर्छ भनेर निर्णय गर्न नसक्‍नुलाई यसरी बताइएको छ कि मानौं तिनीहरू आफ्नो हृदय खोज्दै थिए । न्यायकर्ताहरू ५:१५मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-metaphor]])

शब्द अनुवाद