ne_tn/jas/04/04.md

3.0 KiB

तिमी व्‍यभिचारीणीहरू हो !

याकूबले विश्‍वासीहरू ती पत्‍नीहरू भए झैँ गरी कुरा गर्छन् जो आफ्‍ना पतिहरूभन्दा बाहेकका अन्य पुरुषहरूसँग सुत्छन् । वैकल्पिक अनुवादः “तिमीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्‍य भइरहेका छैनौ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

के तिमीहरूलाई थाहा छैन ... परमेश्‍वर ... ?

याकूबले आफ्ना पाठकहरूलाई सिकाउनको निम्ति यो प्रश्‍नको प्रयोग गर्छन् । यसलाई एउटा कथनको रूपमा व्यक्त गर्न सकिनछ । वैकल्पिक अनुवादः “तिमीहरू जान्दछौ ... परमेश्‍वर ... !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

संसारसितको मित्रता

यो वाक्यांशले संसारको मूल्यमान्यताको व्यवस्थासँग र चलनसँग चिनाजानी गर्ने वा त्यसमा सहभागी हुने कुरालाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

संसारसितको मित्रता

यहाँ संसारको मूल्यमान्यताको व्यवस्थालाई एउटा व्यक्ति भए झैँ गरी बताइएको छ जससँग अरूहरू मित्रहरू बन्‍न सक्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

संसारसितको मित्रता परमेश्‍वरको विरुद्धमा भएको शत्रुता हो

संसारसँग मित्र भएको व्यक्ति परमेश्‍वरको शत्रु हो । यहाँ “संसारसँगको मित्रता”को अर्थ संसारको मित्र हुने हुन्छ र “परमेश्‍वरको विरुद्धमा शत्रुता”को अर्थ परमेश्‍वरको शत्रु हुने भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “संसारका मित्रहरू परमेश्‍वरका शत्रुहरू हुन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)