# तिमी व्‍यभिचारीणीहरू हो ! याकूबले विश्‍वासीहरू ती पत्‍नीहरू भए झैँ गरी कुरा गर्छन् जो आफ्‍ना पतिहरूभन्दा बाहेकका अन्य पुरुषहरूसँग सुत्छन् । वैकल्पिक अनुवादः “तिमीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्‍य भइरहेका छैनौ !” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # के तिमीहरूलाई थाहा छैन ... परमेश्‍वर ... ? याकूबले आफ्ना पाठकहरूलाई सिकाउनको निम्ति यो प्रश्‍नको प्रयोग गर्छन् । यसलाई एउटा कथनको रूपमा व्यक्त गर्न सकिनछ । वैकल्पिक अनुवादः “तिमीहरू जान्दछौ ... परमेश्‍वर ... !” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]]) # संसारसितको मित्रता यो वाक्यांशले संसारको मूल्यमान्यताको व्यवस्थासँग र चलनसँग चिनाजानी गर्ने वा त्यसमा सहभागी हुने कुरालाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # संसारसितको मित्रता यहाँ संसारको मूल्यमान्यताको व्यवस्थालाई एउटा व्यक्ति भए झैँ गरी बताइएको छ जससँग अरूहरू मित्रहरू बन्‍न सक्छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-personification]]) # संसारसितको मित्रता परमेश्‍वरको विरुद्धमा भएको शत्रुता हो संसारसँग मित्र भएको व्यक्ति परमेश्‍वरको शत्रु हो । यहाँ “संसारसँगको मित्रता”को अर्थ संसारको मित्र हुने हुन्छ र “परमेश्‍वरको विरुद्धमा शत्रुता”को अर्थ परमेश्‍वरको शत्रु हुने भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “संसारका मित्रहरू परमेश्‍वरका शत्रुहरू हुन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])