ne_tn/jas/01/intro.md

4.8 KiB

याकूब ०१ सामान्य टिपोटहरू

संरचना र ढाँचा

याकूबले पद १ मा यस पत्रलाई औपचारिक रूपमा परिचय गराउँछन् । प्राचीन मध्यपूर्व क्षेत्रमा लेखकहरूले पत्रहरूलाई यसरी नै सुरु गर्थे ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

परीक्षा र जाँच

यी शब्दहरूको अर्थ धेरै मिल्दोजुल्दो छ । अनुवादक यो कुरामा सचेत हुनुपर्छ कि यहाँ “परीक्षा”को (याकूब १:१३) अर्थ र परमेश्‍वरले मानिसको “जाँच” गर्नुहुने कुराको (हिब्रूहरू ११:१७) अर्थमा केही महत्त्वपूर्ण भिन्‍नताहरू छन् ।यी दुई शब्दहरू मा एकसाथ आउँछन् । दुवै शब्दहरूले कोही एउटा व्यक्तिको विषयमा कुरा गर्छन् जसले केही असल गर्ने र केही खराब गर्ने बीचमा छान्‍न सक्छन् । तिनीहरूको बीचमा भएको भिन्‍नता महत्त्वपूर्ण छ । परमेश्‍वरले त्यस व्यक्तिको जाँच गरिरहनुभएको छ र जे असल छ सो गरेको चाहनुहुन्छ । शैतानले त्यस व्यक्तिलाई परीक्षा गरिरहेको छ र जे दुष्‍ट छ सो गरेको त्यसले चाहन्छ ।

मुकुटहरू

जाँच उतीर्ण हुने मानिसले प्राप्‍त गर्ने मुकुट चाहिँ एक इनाम हो, केही त्यस्तो कुरा जुन खास रूपमा केही असल गर्ने मानिसहरूले प्राप्‍त गर्छन् । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/other/reward)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

अलङ्कारहरू

याकूबले यस अध्यायमा थुप्रै अलङ्कारहरूको प्रयोग गर्छन्, तपाईंले तिनीहरूलाई राम्ररी अनुवाद गर्नसक्‍नुभन्दा अगाडि अलङ्कारको विषयमा भएको पृष्‍ठमा रहेको सामग्रीलाई तपाईंले बुझ्‍न जरुरी छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“छरपष्‍ट भएर रहेका बाह्र कुलहरूलाई”

याकूबले यस पत्र कसलाई लेखे भनेर प्रस्‍ट छैन । उनले आफैँलाई प्रभु येशू ख्रीष्‍टको एक सेवक भनी भन्छन्, त्यसैले सम्भवतः उनले ख्रीष्‍टिएनहरूलाई लेखिरहेका थिए । तर उनले आफ्‍ना पाठकहरूलाई “छरपष्‍ट भएर रहेका बाह्र कुलहरू” भनी भन्छन्, ती शब्दहरू जसले सामान्यतया यहूदीहरूलाई जनाउँछन् । यो सम्भव छ कि उनले यी शब्दहरूलाई “परमेश्‍वरले चुन्‍नुभएका सारा मानिसहरू”को लागि एक अलङ्कारको रूपमा प्रयोग गरिरहेका छन् अथवा उनले यो पत्र तब लेखे जब अधिकांश ख्रीष्‍टिएनहरू यहूदीहरूको रूपमा हुर्किएका थिए ।