ne_tn/gen/43/06.md

3.5 KiB

तिमीहरूले किन ममाथि सङ्कष्ट ल्यायौ

"तिमीहरूले किन मलाई यति धेरै कष्‍ट दियौ"

ती मानिसले ... सबै कुरा सोधपुछ गरे

"ती मानिसले ... धेरै प्रश्‍नहरू सोधे"

हामी ... बारेमा

यहाँ "हामी"ले "ती मानिस" सँग मिश्रमा गएर बोलेका दाजुभाइहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-exclusive)

तिनले भने, 'के तपाईंका पिता अझै जीवितै हुनुहुन्छ ? के तिमीहरूको अर्को भाइ छ ?'

यसमा उद्धरण भित्र अर्को उद्धरण छ । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "के हाम्रा पिता अझै जीवितै हुनुहुन्थ्यो र के हाम्रा अर्को भाइ थिए भनेर तिनले हामीलाई सीधै सोधे । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

हामीले तिनका प्रश्‍नहरूको जवाफ मात्र दिएका हौँ

"तिनले हामीलाई सोधेका प्रश्‍नहरूको जवाफ दिएका हौँ"

तिनले 'तिमीहरूका भाइलाई ... आओ' भन्छन् भनी हामीले कसरी जान्‍न सक्थ्यौँ र ?

ती मानिसले तिनीहरूलाई के गर्न भन्‍नेछन् भनेर तिनीहरूलाई थाहा नभएको कुरामा जोड दिन छोराहरूले प्रश्‍नको प्रयोग गर्छन् । यस आलङ्कारिक प्रश्‍नलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद‍ः "तिनले तिमीहरूका भाइलाई ... आओ भन्छन् भनी हामीलाई थाहा थिएन!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तिनले 'तिमीहरूका भाइलाई पनि सँगै लिएर आओ' भन्छन्

यसमा उद्धरण भित्र अर्को उद्धरण छ । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "तिनले हामीलाई हाम्रा भाइलाई मिश्रमा लिएर आओ भन्छन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

शब्द अनुवाद