# तिमीहरूले किन ममाथि सङ्कष्ट ल्यायौ "तिमीहरूले किन मलाई यति धेरै कष्‍ट दियौ" # ती मानिसले ... सबै कुरा सोधपुछ गरे "ती मानिसले ... धेरै प्रश्‍नहरू सोधे" # हामी ... बारेमा यहाँ "हामी"ले "ती मानिस" सँग मिश्रमा गएर बोलेका दाजुभाइहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-exclusive]]) # तिनले भने, 'के तपाईंका पिता अझै जीवितै हुनुहुन्छ ? के तिमीहरूको अर्को भाइ छ ?' यसमा उद्धरण भित्र अर्को उद्धरण छ । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "के हाम्रा पिता अझै जीवितै हुनुहुन्थ्यो र के हाम्रा अर्को भाइ थिए भनेर तिनले हामीलाई सीधै सोधे । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-quotesinquotes]] र [[rc://*/ta/man/translate/figs-quotations]]) # हामीले तिनका प्रश्‍नहरूको जवाफ मात्र दिएका हौँ "तिनले हामीलाई सोधेका प्रश्‍नहरूको जवाफ दिएका हौँ" # तिनले 'तिमीहरूका भाइलाई ... आओ' भन्छन् भनी हामीले कसरी जान्‍न सक्थ्यौँ र ? ती मानिसले तिनीहरूलाई के गर्न भन्‍नेछन् भनेर तिनीहरूलाई थाहा नभएको कुरामा जोड दिन छोराहरूले प्रश्‍नको प्रयोग गर्छन् । यस आलङ्कारिक प्रश्‍नलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद‍ः "तिनले तिमीहरूका भाइलाई ... आओ भन्छन् भनी हामीलाई थाहा थिएन!" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]]) # तिनले 'तिमीहरूका भाइलाई पनि सँगै लिएर आओ' भन्छन् यसमा उद्धरण भित्र अर्को उद्धरण छ । यसलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "तिनले हामीलाई हाम्रा भाइलाई मिश्रमा लिएर आओ भन्छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-quotesinquotes]] र [[rc://*/ta/man/translate/figs-quotations]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/jacob]] * [[rc://*/tw/dict/bible/kt/brother]] * [[rc://*/tw/dict/bible/other/father]]