ne_tn/gen/26/04.md

3.2 KiB

सामान्य जानकारी

परमप्रभु इसहाकसित बोल्‍न सुरु गर्नुहुन्छ ।

तेरा सन्‍तानलाई...बढाउनेछु

"म तँलाई धेरै सन्तानहरू भएको तुल्याउनेछु"

आकाशका ताराहरूझैँ

इसहाकका सन्तानहरू ताराहरूका सङ्ख्या भएजस्तै यसले ती सन्तानहरूका सङ्ख्याका बारेमा बताउँछ । तपाईंले उत्पति २२:१७ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

आकाश

यसले घाम, जुन र ताराहरू लगायत हामीले यस पृथ्वीमाथि देख्‍ने सबैथोकलाई जनाउँछ ।

संसारका सबै जातिहरूले...आशिष्‌ पाउनेछन्

यो कर्तृवाच्यमा लेख्‍न सकिन्छ। अर्को अनुवादः "म यस पृथ्वीका सबै जातिहरूलाई आशिष दिनेछु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अब्राहामले मेरो वचन पालन गरेको र मैले दिएका आदेशहरू, मेरा आज्ञाहरू, मेरा नियमहरू र मेरा विधिविधानहरूको पालन गरे

"मेरो वचन पालन गरे" र "मेरा आज्ञाहरू, मेरा नियमहरू र मेरा विधिविधानहरूको पालन गरे" भन्‍ने वाक्यांशहरूले सामान्यतया एउटै कुराको अर्थ दिन्छ । अर्को अनुवादः "अब्राहामले मेरो वचन पालन गर्‍यो र मैले गर्नु भनेको सबैथोक गर्‍यो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

मेरो वचन पालन गरे

यहाँ, "वचन" ले परमप्रभुलाई जनाउँछ । अर्को अनुवादः "मेरो पालन गर्‍यो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद