ne_tn/gen/03/14.md

4.1 KiB

श्रापित हुनेछस्

"तिमीहरू आफै श्रापित छौ ।" शब्द "श्राप" परमेश्‍वरको आशिष पशुहरू र सर्पमाथिको भिन्‍नताबारे जोड दिनको लागि हिब्रुमा पहिलो स्थान ओगटेको छ । यो एउटा "श्राप सूत्र" हो वा श्रापहरू व्यक्त गर्ने तरिका हो । परेमेश्‍वरले यो श्राप भनेर हुने बनाउनुभयो ।

सबै पाल्तु पशुहरू र जङ्गली जनावरहरू

"सबै घरपालुवा र सबै जंगली जनावरहरू"

तँ तेरो पेटद्वारा हिँड्नेछस्

"तँ तेरो पेटले जमिनमा हिँड्नेछस् ।" यी "तेरो पेटले" भन्‍ने शब्दहरू अन्य जनावरहरू तिनीहरूका खुट्टाहरूले हिँड्ने र सर्प चाहिँ आफ्नो पेटले हिँड्ने तरिकाबीचको भिन्‍नतालाई जोड दिन पहिला आउँछ । यो पनि श्रापसूत्रको भाग हो ।

तैँले माटो खानेछस्

"तैँले माटो खानेछस् ।" यो शब्द "माटो" ले अन्य जनावरहरूले खाने जमिनमाथिका बनस्पतिहरू र सर्पहरूले खाने जमिनका फोहोरी खानेकुराहरूबीचको भिन्‍नतालाई जोड दिँन्छ। यो श्रापसूत्रको भाग हो ।

तेरो र स्‍त्रीबिच ... दुश्मनी हालिदिनेछु

यसको अर्थ सर्प र स्‍त्री शत्रुहरू बन्‍नेछन् ।

सन्तान

"सन्तान वा वंश" । सन्तान" भन्ने शब्दले एक भन्दा बढी व्यक्तिलाई बुझाउन सक्छ, जस्तै "वंश" । एउटा यस्तो शब्द खोज्ने प्रयास गर्नुहोस् जुन एकवचन हो तर एक भन्दा बढी व्यक्तिलाई जनाउन सक्दछ ।

त्यसले ... कुर्कुच्‍चा डस्‍नेछस्

"ऊ" र "उसको" शब्दहरूले स्‍त्रीका सन्तानहरूलाई जनाउँदछ । यदि "बीउ" भन्‍ने शब्द बहुवचनमा अनुवाद गरिएको छ भने यो यसरी अनुवाद गर्न सकिन्छ, "तिनीहरूका कुर्कुच्चा ... तिनीहरूले चोट पार्नेछन्"; यस्तो मामलामा एकवचन सर्वनामलाई अनुवाद गर्न "तिनीहरू" र "तिनीहरूका" प्रयोग गरिन्‍छन् भन्‍नलाई पादटिप्पणी राख्‍नेबारेमा सोच्‍नुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-pronouns)

डस्‍नेछस्

"चोट पुर्‍याउनेछस्" वा "प्रहार गर्नेछस्" वा "आक्रमण गर्नेछस्"

शब्द अनुवाद