# श्रापित हुनेछस् "तिमीहरू आफै श्रापित छौ ।" शब्द "श्राप" परमेश्‍वरको आशिष पशुहरू र सर्पमाथिको भिन्‍नताबारे जोड दिनको लागि हिब्रुमा पहिलो स्थान ओगटेको छ । यो एउटा "श्राप सूत्र" हो वा श्रापहरू व्यक्त गर्ने तरिका हो । परेमेश्‍वरले यो श्राप भनेर हुने बनाउनुभयो । # सबै पाल्तु पशुहरू र जङ्गली जनावरहरू "सबै घरपालुवा र सबै जंगली जनावरहरू" # तँ तेरो पेटद्वारा हिँड्नेछस् "तँ तेरो पेटले जमिनमा हिँड्नेछस् ।" यी "तेरो पेटले" भन्‍ने शब्दहरू अन्य जनावरहरू तिनीहरूका खुट्टाहरूले हिँड्ने र सर्प चाहिँ आफ्नो पेटले हिँड्ने तरिकाबीचको भिन्‍नतालाई जोड दिन पहिला आउँछ । यो पनि श्रापसूत्रको भाग हो । # तैँले माटो खानेछस् "तैँले माटो खानेछस् ।" यो शब्द "माटो" ले अन्य जनावरहरूले खाने जमिनमाथिका बनस्पतिहरू र सर्पहरूले खाने जमिनका फोहोरी खानेकुराहरूबीचको भिन्‍नतालाई जोड दिँन्छ। यो श्रापसूत्रको भाग हो । # तेरो र स्‍त्रीबिच ... दुश्मनी हालिदिनेछु यसको अर्थ सर्प र स्‍त्री शत्रुहरू बन्‍नेछन् । # सन्तान "सन्तान वा वंश" । सन्तान" भन्ने शब्दले एक भन्दा बढी व्यक्तिलाई बुझाउन सक्छ, जस्तै "वंश" । एउटा यस्तो शब्द खोज्ने प्रयास गर्नुहोस् जुन एकवचन हो तर एक भन्दा बढी व्यक्तिलाई जनाउन सक्दछ । # त्यसले ... कुर्कुच्‍चा डस्‍नेछस् "ऊ" र "उसको" शब्दहरूले स्‍त्रीका सन्तानहरूलाई जनाउँदछ । यदि "बीउ" भन्‍ने शब्द बहुवचनमा अनुवाद गरिएको छ भने यो यसरी अनुवाद गर्न सकिन्छ, "तिनीहरूका कुर्कुच्चा ... तिनीहरूले चोट पार्नेछन्"; यस्तो मामलामा एकवचन सर्वनामलाई अनुवाद गर्न "तिनीहरू" र "तिनीहरूका" प्रयोग गरिन्‍छन् भन्‍नलाई पादटिप्पणी राख्‍नेबारेमा सोच्‍नुपर्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-pronouns]]) # डस्‍नेछस् "चोट पुर्‍याउनेछस्" वा "प्रहार गर्नेछस्" वा "आक्रमण गर्नेछस्" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/lordyahweh]] * [[rc://*/tw/dict/bible/other/serpent]] * [[rc://*/tw/dict/bible/kt/curse]] * [[rc://*/tw/dict/bible/other/seed]]