ne_tn/gen/01/16.md

3.9 KiB

परमेश्‍वरले दुईवटा विशाल ज्योति बनाउनुभयो

"यसरी परमेश्‍वरले दुईवटा विशाल ज्योति बनाउनुभयो" । यो वाक्यले परमेश्‍वरले बोल्नुहुँदा के गर्नुभयो भन्‍ने कुरा वर्णन गर्छ ।

दुईवटा विशाल ज्योति

"दुईवटा ठूलो ज्‍योति" वा "दुईवटा उज्‍यालो ज्‍योति" । सूर्य र चन्द्रमा दुईवटा विशाल ज्योतिहरू हुन् ।

दिनमाथि प्रभुत्व गर्न

" जसरी एउटा शासकले मानिसहरूको समूहलाई निर्देशन दिन्‍छ त्‍यसरी नै दिनको समयलाई निर्देशन गर्ने" वा "दिनको समयलाई अंकित गर्ने" ( हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-personification]] र [[rc:///ta/man/translate/figs-metaphor]])

दिन

यसले केवल दिउँसोको समयलाई जनाउँछ ।

सानो चाहिँ

"सानो ज्‍योति" वा "मधुरो ज्‍योति"

आकाशमा

"आकाशमण्‍डलमा" वा "आकाशको खुल्‍ला ठाँउमा"

उज्यालोलाई अन्धकारबाट अलग गर्न

"उज्यालोलाई अन्धकारबाट छुट्‍याउनु" वा "एक समयमा त्यसलाई उज्यालो बनाउनु र अर्को समयमा अन्‍धकार बनाउनु" । उत्‍पत्ति १:४ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो ।

यहाँ "त्‍यो" ले सूर्य, चन्‍द्रमा र ताराहरूलाई जनाउँछ । उत्‍पत्ति १:४ मा तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

साँझ ... र बिहान

यसले पूरा दिनको संकेत गर्छ । लेखक पूरा दिनको कुरा गर्छ मानौं यो यी दुई भागहरू थिए । यहूदीहरूको संस्‍कृतिमा, जब सूर्यास्‍त हुन्‍छ अर्को दिनको सुरु हुन्‍छ । उत्‍पत्ति १:३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

चौथो दिन

यसले ब्रम्‍हाण्‍डमा अस्‍तित्‍वमा आएको चौथो दिनलाई जनाउँछ । उत्‍पत्ति १:५ मा " पहिलो दिन" लाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् र यसलाई पनि त्यही तरिकाले अनुवाद गर्नुपर्छ कि भनी निर्णय गर्नुहोस् ।

शब्द अनुवाद