# परमेश्‍वरले दुईवटा विशाल ज्योति बनाउनुभयो "यसरी परमेश्‍वरले दुईवटा विशाल ज्योति बनाउनुभयो" । यो वाक्यले परमेश्‍वरले बोल्नुहुँदा के गर्नुभयो भन्‍ने कुरा वर्णन गर्छ । # दुईवटा विशाल ज्योति "दुईवटा ठूलो ज्‍योति" वा "दुईवटा उज्‍यालो ज्‍योति" । सूर्य र चन्द्रमा दुईवटा विशाल ज्योतिहरू हुन् । # दिनमाथि प्रभुत्व गर्न " जसरी एउटा शासकले मानिसहरूको समूहलाई निर्देशन दिन्‍छ त्‍यसरी नै दिनको समयलाई निर्देशन गर्ने" वा "दिनको समयलाई अंकित गर्ने" ( हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]] र [[rc://*/ta/man/translate/figs-metaphor]]) # दिन यसले केवल दिउँसोको समयलाई जनाउँछ । # सानो चाहिँ "सानो ज्‍योति" वा "मधुरो ज्‍योति" # आकाशमा "आकाशमण्‍डलमा" वा "आकाशको खुल्‍ला ठाँउमा" # उज्यालोलाई अन्धकारबाट अलग गर्न "उज्यालोलाई अन्धकारबाट छुट्‍याउनु" वा "एक समयमा त्यसलाई उज्यालो बनाउनु र अर्को समयमा अन्‍धकार बनाउनु" । उत्‍पत्ति १:४ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । # परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो । यहाँ "त्‍यो" ले सूर्य, चन्‍द्रमा र ताराहरूलाई जनाउँछ । उत्‍पत्ति १:४ मा तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । # साँझ ... र बिहान यसले पूरा दिनको संकेत गर्छ । लेखक पूरा दिनको कुरा गर्छ मानौं यो यी दुई भागहरू थिए । यहूदीहरूको संस्‍कृतिमा, जब सूर्यास्‍त हुन्‍छ अर्को दिनको सुरु हुन्‍छ । उत्‍पत्ति १:३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-merism]]) # चौथो दिन यसले ब्रम्‍हाण्‍डमा अस्‍तित्‍वमा आएको चौथो दिनलाई जनाउँछ । उत्‍पत्ति १:५ मा " पहिलो दिन" लाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् र यसलाई पनि त्यही तरिकाले अनुवाद गर्नुपर्छ कि भनी निर्णय गर्नुहोस् । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/kt/good]]