ne_tn/deu/26/14.md

3.9 KiB

सामान्य जानकारीः

इस्राएलीहरूले गरीबहरूलाई तिनीहरूको दशौं अंश ल्याउँदा तिनीहरूले परमप्रभुलाई भन्‍नुपर्ने कुरालाई यसले निरन्तरता दिन्छ ।

मेरो शोकको घडीमा मैले त्यो खाएको छैनँ

"मैले शोक गर्दा मैले दशौं अंशको केहि पनि खाएको छैनँ"

म अशुद्ध हुँदा

यहाँ "अशुद्ध"को अर्थ त्यो व्यक्ति व्यवस्था अनुसार अपवित्र छ भन्‍ने हो । परमेश्वरले अशुद्ध व्यक्तिलाई त्यसले परमेश्वरलाई चढाइरहेको दशौं अंश छुन दिन हुन्‍न । यस वाक्यांशको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "म व्यवस्था अनुसार अपवित्र हुँदा" वा "मैले त्यो छुन हुदैँन भनेर व्यवस्थाले भन्दाँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

मैले परमप्रभु मेरा परमेश्वरको आवाज सुनेको छु । तपाईंले मलाई दिनुभएको हरेक आज्ञा मैले पालन गरेको छु

यहाँ "परमेश्वरको आवाज" परमप्रभुले भन्‍नु हुने कुराको निम्ति metonym हो । यी दुवै वाक्यांशले उस्ता-उस्तै अर्थहरू दिन्छन् । यी वाक्यांशहरूले त्यस व्यक्तिले परमेश्वरका सबै आज्ञा पालन गरेका छन् भन्‍ने कुरामा जोड दिन्छन् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-parallelism]])

पवित्रस्थानबाट ... जहाँ तपाईं बस्नुहुन्छ जुन स्वर्ग हो

अर्को अनुवादः "तपाईंको पवित्र वासस्थान स्वर्गबाट ... जहाँ तपाईं बस्नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

दूध र मह बग्ने देश

यो एउटा वाक्पद्धति हो । तपाईंले व्यवस्‍था ६:३मा यसलाई कसरी अनुवाद गर्नु भयो हेर्नु होस् । अर्को अनुवादः "प्रशस्त दूध र मह बग्‍ने देश" वा "गाईवस्तुहरू र खेती किसानीको निम्ति उत्तम देश"

शब्द अनुवाद