ne_tn/deu/24/14.md

3.3 KiB

तिमीहरूले ... ज्यालादारी नोकरलाई थिचोमिचो नगर

"तिमीहरूले ... ज्यालादारी नोकरलाई नराम्रो व्यवहार नगर"

ज्यालादारी नोकर

एउटा व्यक्ति जसले त्यसको कामको निम्ति दिनहुँ पैसा पाउँछ ।

गरिब र दरिद्र

यी दुई शब्दहरूले उस्ता-उस्तै अर्थहरू दिन्छन् र यो त्यो व्यक्ति हो जसले आफ्नो निम्ति केहि गर्न सक्दैन भन्‍ने कुरालाई जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

तिमीहरूकै सहरभित्र

यहाँ "सहर"ले नगरलाई जनाउँछ । अर्को अनुवादः " तिमीहरूको सहरहरू मध्ये एउटामा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

तिमीहरूले हरेक दिन त्यसलाई त्यसको ज्याला दिनू

"तिमीहरूले त्यस मानिसले प्रत्येक दिन कमाएको पैसा त्यसलाई दिनु पर्छ"

सूर्य अस्ताउनुअगि यो विषय सुल्झोस्

यो एउटा वाक्पद्धति हो । इस्राएलीहरूले सूर्य अस्ताउँद नयाँ दिनको सुरूआत हुन्छ भनेर मान्‍ने गर्थे । अर्को अनुवादः "तिमीहरूले त्यस मानिसलाई त्यसले काम गरेकै दिन ज्याला दिन पर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

किनकि त्यो गरिब हो र यसमा नै भर पर्छ

यस वाक्यांशको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "किनभने त्यो गरिब छ र भोलीको दिनको निम्ति आफ्नो भोजन किन्‍न आफ्नो ज्यालामा भर पर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

त्यसले परमप्रभुको सामु पुकार नगरोस्

"त्यसले परमप्रभुको सामु पुकार गरी तिमीहरूलाई दण्ड दिन उहाँलाई बिन्ती नगरोस्"

शब्द अनुवाद