ne_tn/deu/11/24.md

3.4 KiB

सामान्य जानकारी:

मोशा इस्राएलका मानिसहरूसँग निरन्तर बोल्‍छन् ।

तिमीहरूका खुट्टाका पैतलाले टेकेको हरेक भूमि

यहाँ "तिमीहरूका खुट्टाका पैतला"ले सिङ्‍गो व्‍यक्‍तिलाई जनाउँछ । अर्को अनुवाद: "तिमीहरू जाने हरेक ठाउँ" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-synecdoche)

कुनै मानिस तिमीहरूको सामु खडा हुन सक्दैन

"तिमीहरूको सामु खडा हुन" वाक्‍यांश एउटा वाक्‍पद्धति हो । अर्को अनुवाद: "कसैले तिमीहरूलाई रोक्‍न सक्दैन" वा "कसैले तिमीहरूको विरोध गर्न

परमप्रभु तिमीहरूका परमेश्‍वरले भन्‍नुभएझैँ तिमीहरूले कुल्चने सारा भूमिमा उहाँले तिमीहरूको डर र त्रास हालिदिनुहुने छ

ती मानिसहरूलाई परमप्रभुले ज्‍यादै भयभीत हुने तुल्याउनुलाई यसरी बताइएको छ कि मानौँ डर र त्रास एउटा वस्‍तु थियो जुन उहाँले ती मानिसहरूमाथि राख्‍नु हुनेछ । अर्को अनुवाद: "परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू जाने हरेक ठाउँका मानिसहरूलाई तिमीहरूदेखि ज्‍यादै भयभीत हुने तुल्‍याउनुहुने छ" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूको डर र त्रास

"डर" र त्रास" शब्दको अर्थ एउटै हो र असाध्यै डराएको कुरालाई जोड दिन्छ । अर्को अनुवाद: "तिमीहरूको ठुलो डर" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-doublet)

तिमीहरूले कुल्चने सारा भूमिमा

यहाँ "भूमि" त्‍यस भूमिका सबै मानिसहरूको निम्ति लक्षणा हो । अर्को अनुवाद: "तिमीहरू जाने हरेक ठाउँका सबै मानिसहरूमाथि" (हेर्नुहोस् [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-idiom]])

शब्द अनुवाद