ne_tn/deu/11/06.md

3.0 KiB

सामान्य जानकारी:

परमेश्वरको अदभूत कार्यहरू आफ्ना छोराछोरीहरूलाई सिकाउन मोशा वयस्कहरूलाई निरन्तर सम्‍झना दिलाउँछन् ।

एलिआबका छोराहरू दातान र अबीराम

दातान र अबीरामले मोशा र हारूनको विरुद्ध विगतमा गरेको विद्रोहको घटनालाई मोशाले जनाइरहेका छन् । यस वाक्‍यांशको पूरा अर्थ स्‍पष्‍ट पार्न सकिन्छ । (हेर्नुहोस् rc://*/ta/man/translate/figs-explicit)

एलिआब ... दातान ... अबीराम

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस् rc://*/ta/man/translate/translate-names)

रूबेनवंशी

"रूबेनका सन्‍तानहरू"

धरतीले आफ्नो मुख बाएर तिनीहरू ... निल्यो

मानिसहरू खसून भनी परमप्रभुले जमिन दुई फ्‍याँक हुने तुल्‍याउनुभएको कुरालाई यसरी बताइएको छ कि मानौँ त्‍यस जमिनको मुख थियो र त्‍यससँग मानिसहरूलाई निल्‍न सक्‍ने क्षमता थियो थियो । (हेर्नुहोस् rc://*/ta/man/translate/figs-personification)

तिनीहरूको पछि लाग्‍ने हरेक जीवित वस्तु

यसले तिनीहरूको दासहरू र पशुहरुलाई जनाउँछ ।

इस्राएलको बिचमा

दातान, अबीराम, तिनीहरूको परिवार र तिनीहरूको धनसम्पत्तिलाई भएको कुरा इस्राएलका सबै मानिसहरूले देखे भन्‍ने हो ।

तर ... तिमीहरूका आँखाले देखेका छन्

यहाँ "आँखा"ले सिङ्‍गो व्‍यक्‍तिलाई संकेत गर्छ । अर्को अनुवाद: "तर ... तिमीहरूले देखेका छौँ" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद