ne_tn/deu/10/20.md

3.0 KiB

उहाँको आराधना गर

"तिमीहरूले आराधना गर्नुपर्ने उहाँ नै हुनुहुन्छ"

उहाँमै टाँसिरहो

परमप्रभुसँग असल सम्‍बन्‍ध राख्‍न र पूर्ण रूपमा उहाँमा भर पर्नुलाई यसरी बताइएको छ कि मानौँ त्‍यस व्‍यक्‍ति परमप्रभुसँग टाँसिरहेका छन् । अर्को अनुवाद: "तिमीहरू उहाँमा भर पर्नुपर्छ" वा "तिमीहरू जसमाथि भर पर्नु पर्छ त्‍यो उहाँ नै हुनुहुन्छ (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उहाँको नाउँमा मात्र शपथ खाओ

परमप्रभुको नाउँमा मात्र शपथ खानूको अर्थ परमप्रभुलाई भाकलको आधार वा शक्ति बनाउनु हो । यहाँ "नाउँ"ले परमप्रभुलाई जनाउँछ । व्यवस्था ६:१३मा समान वाक्‍यांश कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । अर्को अनुवाद: "तिमीहरूले शपथ खाई परमप्रभुलाई त्‍यो पक्का गर्नु भन्‍नू" वा"तिमीहरूले शपथ खाँदा तिमीहरूले उहाँको नाउँ लिनू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

जसले तिमीहरूका आँखाले देख्‍ने

यहाँ "आँखा"ले सिङ्‍गो व्‍यक्‍तिलाई जनाउँछ । अर्को अनुवाद: "जुन तिमीहरू आफैले देखेका छौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

उहाँ तिमीहरूको प्रशंसा हुनुहुन्छ

सम्‍भावित अर्थहरू यी हुन्: १) "तिमीहरूले प्रशंसा गर्नुपर्ने उहाँ हुनुहुन्छ" वा २) "तिमीहरूले उहाँको आराधना गरेको कारण अरू मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्"

शब्द अनुवाद