ne_tn/deu/09/01.md

2.7 KiB

हे इस्राएल हो, सुन

"इस्राएल" शब्द इस्राएलका मानिसहरूको निम्ति लक्षणा हो । अर्को अनुवाद: "हे इस्राएलका मानिसहरू हो, ध्‍यान देओ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

अधिकार गर्न

"त्‍यस भूमि लिन"

आकाशै छुने पर्खाल

ती सहरहरू निकै ठुला र बलिया भएका कारण मानिसहरू कति त्रसित थिए भनी जोड दिन गरिएको यो एउटा बढाइचढाइ गरिएको वाक्य हो । तपाईंले व्यवस्था १:२८मा समान वाक्‍यांश कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । अर्को अनुवाद: "निकै अग्ला पर्खालहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

अनाकका छोराहरू

अनाकी मानिसहरूका सन्‍तानहरू जो असाध्यै ठुला र क्रुर थिए । तपाईंले व्यवस्था १:२८मा समान वाक्‍यांश कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] र [[rc:///ta/man/translate/translate-names]])

अनाकका छोराहरूको सामु को खडा हुन सक्छ ?

यसको अर्थ अनाकका छोराहरू शक्तिशाली थिए र मानिसहरू तिनीहरूदेखि डराउँथे भन्‍ने हो । यस आलङ्‍कारिक प्रश्‍नलाई सामान्य वाक्‍यमा अनुवाद गर्न सकिन्छ ।अर्को अनुवाद: "अनाकका छोराहरूको विरुद्धमा आफूलाई बचाउन सक्‍ने कोही छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद