ne_tn/col/02/08.md

3.2 KiB

जोड्ने कथनः

पावलले विश्‍वासीहरूलाई अरूहरूको वचनहरू र नियमहरूमा नलाग्‍नको लागि होशियार रहनलाई आग्रह गर्छन् किनभने विश्‍वासीहरूसँग ख्रीष्‍टमा भएको परमेश्‍वरको पूर्णतामा केही कुराले पनि थप्न सक्दैन ।

हेर कि

“यो पक्‍का गर कि”

तिमीहरूलाई पक्रन्छ

कुनै व्यक्तिले झूटा शिक्षाहरूलाई विश्‍वास गर्न सक्ने (किनभने तिनीहरूले झूटा कुराहरूलाई विश्‍वास गर्छन् वा गलत थोकहरूलाई प्रेम गर्छन्) तरिकाको विषयमा यसरी बताउँछन् कि मानौँ कसैले त्यो व्यक्तिको शरीरलाई पक्रेको थियो र बलजफ्‍तीसँग समातेर राखेको थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

दर्शनशास्‍त्र

धार्मिक सिद्धान्तहरू र मानेका कुराहरू जुन परमेश्‍वरको वचनबाटका होइनन् तर परमेश्‍वर र जीवनको विषयमा भएका मानिसका विचारहरूमा आधारित छन्

खोक्रो छल

केही पनि ननिकाल्‍ने र त्यसैले मूल्यहीन रहेका झूटा धारणाहरूको विषयमा ती केही पनि नभएका भाँडोहरू भए झैँ गरेर पावलले बताउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मानिसहरूका परम्पराहरू ... संसारका तत्त्वहरू

दुवै यहूदी परम्पराहरू र अन्यजातिहरूका (गैरयहूदी) आस्थाहरू बेकार छन् । “संसारका तत्त्वहरू”ले शायद ती दुष्‍टात्माहरूलाई जनाउँछ जसले यस संसारलाई राज गर्नलाई दाबी गरे र जो मानिसहरूद्वारा मन पराइएका छन् । तर केही अर्थ खोल्‍नेहरूले “संसारका तत्त्वहरू” भनेका संसारको बारेमा भएका मानिसहरूका सामान्य शिक्षाहरू हुन् भनेर हेर्छन् ।