24 lines
3.2 KiB
Markdown
24 lines
3.2 KiB
Markdown
|
# जोड्ने कथनः
|
||
|
|
||
|
पावलले विश्वासीहरूलाई अरूहरूको वचनहरू र नियमहरूमा नलाग्नको लागि होशियार रहनलाई आग्रह गर्छन् किनभने विश्वासीहरूसँग ख्रीष्टमा भएको परमेश्वरको पूर्णतामा केही कुराले पनि थप्न सक्दैन ।
|
||
|
|
||
|
# हेर कि
|
||
|
|
||
|
“यो पक्का गर कि”
|
||
|
|
||
|
# तिमीहरूलाई पक्रन्छ
|
||
|
|
||
|
कुनै व्यक्तिले झूटा शिक्षाहरूलाई विश्वास गर्न सक्ने (किनभने तिनीहरूले झूटा कुराहरूलाई विश्वास गर्छन् वा गलत थोकहरूलाई प्रेम गर्छन्) तरिकाको विषयमा यसरी बताउँछन् कि मानौँ कसैले त्यो व्यक्तिको शरीरलाई पक्रेको थियो र बलजफ्तीसँग समातेर राखेको थियो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
|
||
|
|
||
|
# दर्शनशास्त्र
|
||
|
|
||
|
धार्मिक सिद्धान्तहरू र मानेका कुराहरू जुन परमेश्वरको वचनबाटका होइनन् तर परमेश्वर र जीवनको विषयमा भएका मानिसका विचारहरूमा आधारित छन्
|
||
|
|
||
|
# खोक्रो छल
|
||
|
|
||
|
केही पनि ननिकाल्ने र त्यसैले मूल्यहीन रहेका झूटा धारणाहरूको विषयमा ती केही पनि नभएका भाँडोहरू भए झैँ गरेर पावलले बताउँछन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
|
||
|
|
||
|
# मानिसहरूका परम्पराहरू ... संसारका तत्त्वहरू
|
||
|
|
||
|
दुवै यहूदी परम्पराहरू र अन्यजातिहरूका (गैरयहूदी) आस्थाहरू बेकार छन् । “संसारका तत्त्वहरू”ले शायद ती दुष्टात्माहरूलाई जनाउँछ जसले यस संसारलाई राज गर्नलाई दाबी गरे र जो मानिसहरूद्वारा मन पराइएका छन् । तर केही अर्थ खोल्नेहरूले “संसारका तत्त्वहरू” भनेका संसारको बारेमा भएका मानिसहरूका सामान्य शिक्षाहरू हुन् भनेर हेर्छन् ।
|