ne_tn/act/26/intro.md

2.2 KiB

प्रेरितहरू २६ सामान्य टिपोटहरू

संरचना र ढाँचा

पावलको जीवन परिवर्तनका बारेमा प्रेरितको पुस्‍तकमा उल्‍लेख भएको यो तेस्रो वर्णन हो । पावलको जीवन परिवर्तनको घटना सुरुको मण्‍डली इतिहासको अत्‍यन्‍तै महत्त्वपूर्ण घटना भएको हुनाले यसको बारेमा तीन ठाउँमा लेखिएको छ । (हेर्नुहोस्ः प्रेरितहरू ९ अनि प्रेरितहरू २२)

पावलले जे गरेका थिए, सो कुरा तिनले किन गरे, अनि रोमी बडाहाकिमले किन तिनलाई दण्‍ड दिन हुँदैन भन्‍ने कुरा तिनले राजा अग्रिपासलाई भने ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

ज्योति र अन्धकार

अधार्मिक मानिस, अर्थात् परमेश्‍वरलाई मनपर्दो कुरा नगर्ने मानिसका बारेमा बाइबलले तिनीहरू अन्‍धकारको वरिपरि हिँडेको जस्‍तो हो भन्‍दछ । पापी मानिसलाई धर्मी बन्‍न ज्‍योतिले सहायता गर्छ, र तिनीहरूले गरिरहेका कुराहरू खराब हुन् भनी जान्‍न र परमेश्‍वरको आज्ञापालन गर्न यसले तिनीहरूलाई सक्षम तुल्‍याउँछ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/righteous)