ne_tn/act/11/17.md

2.4 KiB

सामान्य जानकारीः

“तिनीहरूलाई” शब्ले कर्नेलियस र तिनका अन्यजाति पाहुनाहरू र उनको घरानालाई जनाउँछ । पत्रुसले यरूशलेमका यहूदी विश्‍वासीहरूलाई दिएको विवरणमा तिनीहरूलाई अन्यजाति भनेर भन्दैनन् । “तिनीहरू” शब्‍दले पत्रुसले प्रचार गरेका अन्‍यजाति विश्‍वासीहरूलाई जनाउँछ । अनि “हामी” शब्‍दले सबै यहूदी विश्‍वासीहरूलाई समावेश गर्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

जोड्ने कथनः

पत्रुसले यहूदीहरूको लागि आफ्नो दर्शन र कर्नेलियसको घरमा भएको कुराको बारेमा भएको आफ्नो मन्तव्यलाई (जुन उनले प्रेरितहरू ११:४) मा सुरु गरे) अन्त्य गर्छन् ।

यदि परमेश्‍वरले तिनीहरूलाई दिनुभयो ... परमेश्‍वरको विरोध गर्ने म को थिएँ र ?

पत्रुसले परमेश्‍वरको आज्ञापालन गर्ने कार्य मात्र गरे भन्‍ने कुरामा जोड दिनका लागि तिनले यो प्रश्‍न सोधेका हुन् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले नै तिनीहरूलाई दिनुभएको हुनाले ... मैले परमेश्‍वरको विरोध गर्न सकिन !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

त्यही वरदान

पत्रुसले पवित्र आत्माको वरदानलाई अङ्‌कित गरिरहेका छन् ।