ne_tn/act/04/intro.md

4.0 KiB

प्रेरितहरू ०४ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले ४:२५-२६ मा पुरानो करारबाट उद्धरण गरेर ल्याइएको कवितासँग यसै गर्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

एकता

सुरुका ख्रीष्‍टिएनहरूले उत्कट रूपले एकतामा रहने इच्‍छा गर्थे । तिनीहरू एउटै कुरामा विश्‍वास गर्न र आफूसँग भएका हरेक थोक आपसमा बाँडचुँड गर्न, र मद्दतको खाँचो परेकाहरूलाई मदत गर्न चाहन्‍थे ।

“चिन्हहरू र आश्‍चर्यकर्महरू”

यो वाक्‍यांशले परमेश्‍वरले मात्र गर्न सक्‍नुहुने कुरालाई जनाउँछ । परमेश्‍वरले मात्र गर्न सक्‍नुहुने कुरा उहाँले गर्नुभएको ख्रीष्‍टिएनहरू चाहन्‍थे, र यसरी तिनीहरूले येशूको बारेमा जे भने, त्‍यो साँचो हो भनेर मानिसहरूले विश्‍वास गर्न सकून् ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

कुनेढुङ्गो

कुनाको शिर ढुङ्गो भन्‍नाले मानिसहरूले भवन बनाउँदा जगको कुनामा राख्‍ने पहिलो ढुङ्गो हो । कुनै कुराको सबैभन्‍दा महत्त्वपूर्ण भाग जनाउने यो एउटा अलङ्कार हो । यसमा नै हरेक कुरा भर परेको हुन्‍छ । आज येशू नै मण्‍डलीको कुनाको शिर ढुङ्गो हुनुहुन्‍छ । यो भनाइको अर्थ मण्‍डलीमा येशूलाई भन्‍दा धेरै महत्त्व अरू कुनै कुराको पनि हुँदैन र मण्‍डलीका हरेक कुरा येशूमा नै भर परेको हुन्‍छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///tw/dict/bible/kt/faith]])

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

नाउँ

“स्वर्गमुनि त्यहाँ अरू कुनै नाउँ दिइएको छैन जसद्वारा हामीले मुक्ति पाउनुपर्छ” (प्रेरितहरू ४:१२) । पत्रसुले यी शब्‍द बोलेर तिनले बन्‍न खोजेको कुरा चाहिँ पृथ्‍वीमा भएका वा हुने अरू कुनै व्‍यक्तिले पनि मानिसहरूलाई बचाउन सक्दैन भन्‍ने हो ।