ne_tn/act/04/12.md

2.7 KiB

अरू कुनै व्यक्तिमा मुक्ति छैन

नाम शब्‍द “मुक्ति”लाई क्रियापदका रूपमा अनुवाद गर्न सकिन्‍छ । यसलाई सकारात्‍मक रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “उहाँ एक मात्र बचाउन सक्‍ने व्‍यक्ति हुनुहुन्‍छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

स्वर्गमुनि मानिसहरूका माझमा अर्को कुनै नाउँ दिइएको छैन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “स्वर्गमुनि मानिसहरूका माझमा परमेश्‍वरले अर्को कुनै नाउँ दिनुभएको छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अर्को कुनै नाउँ ... मानिसहरूका माझमा ... दिइएको

“मानिसहरूका माझमा ... नाउँ दिइएको” भन्‍ने वाक्‍यांशले येशूको व्‍यक्तित्वलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “स्वर्गमुनि अर्को कुनै व्‍यक्ति छैन, जो मानिसहरूका माझमा दिएको छ, जसद्वारा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

स्वर्गमुनि

संसारमा भएको हरेक ठाउँमा भन्‍ने जनाउने यो एउटा तरिका हो । वैकल्‍पिक अनुवादः “संसारमा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

जसद्वारा हामी बचाइन सक्‍छौं

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जुन कुराले हामीलाई बचाउन सक्‍छ” वा “जसले हामीलाई बचाउन सक्‍नुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)