ne_tn/2sa/04/11.md

3.3 KiB

झन दुष्ट मानिसहरूले एक जना निर्दोष व्यक्‍तिलाई आफ्नो घरमा आफ्नै ओछ्यानमा मार्दा, के मैले तिमीहरूको हातबाट त्यसको रगतको बद‍ला लिएर तिमीहरूलाई पृथ्वीबाट नहटाउँ?"

मानिसहरूले अत्यन्तै डरलाग्दो अपराध गरेका थिए भनेर देखाउन यो प्रश्‍न गरिएको छ । यसलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीहरू झँन बढि दोषी छौ ! तिमीहरूको हातबाट त्यसको रगतको बद‍ला लिएर तिमीहरूलाई पृथ्वीबाट हटाउने मेरो जिम्मेवारी हो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तिमीहरूको हातबाट त्यसको रगतको बद‍ला लिएर

"त्यसको रगत"ले ईश्‍बोशेतको प्राणलाई जनाउँछ । यहाँ "तिमीहरूको हातबाट"ले 2 Samuel 4:5 मा प्रस्तुत गरिएको बेरोती रिम्‍मोनका छोराहरू रेकाब र बानाहलाई जनाउँछ । अर्को अनुवादः "तिमीहरूलाई ईश्‍बोशेतको मृत्युको दोषी ठहर्‍याएर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूका हातहरू र खुट्टाहरू काटेर ... झुण्ड्याए

ती मानिसहरूप्रतिको घृणालाई देखाउन गरिएका यी साङ्‍केतिक कार्यहरू थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

तिनीहरू ईश्‍बोशेतको टाउकोलाई लिए र त्‍यसलाई हेब्रोनमा अबनेरको चिहानमा गाडे

यो ईश्‍बोशेतलाई सम्मान गर्न गरिएको साङ्‍केतिक कार्य थियो । यसलाई स्पष्टसित लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरू ईश्‍बोशेतको टाउकोलाई हेब्रोनमा अबनेरको चिहानमा गाडेर सम्मान दिए" (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-symaction]] र [[rc:///ta/man/translate/figs-explicit]])

शब्द अनुवाद