ne_tn/2pe/02/20.md

2.9 KiB

जोड्ने कथनः

“तिनीहरू” र “तिनीहरूलाई” भन्‍ने शब्दहरूले झूटा शिक्षकहरूलाई जनाउँछ जसको बारेमा पत्रुसले १२-१९ का पदहरूमा कुरा गर्छन् ।

यदि तिनीहरू उम्केका छन् भने ... र फरि पनि अल्झिन्छन् ... र जित्छन्, र अन्तिम अवस्था पहिलेको भन्दा झन् नराम्रो हुन्छ

यो वाक्य अवस्थाअनुसारको भनाइको विवरण हो जुन भनाइ सत्य छ । झूटा शिक्षकहरू एकपटक “उम्केका” थिए, तर यदि तिनीहरू फेरि पनि अल्झिन्छन् ... र जित्छ भने, तब तिनीहरूको अन्तिम अवस्था पहिलेको भन्दा खराब भएको हुन्छ ।

संसारको भ्रष्‍टता

“दूषित बनाउने कुरा” ले पापमय व्यवहारलाई जनाउँछ जसले मानिसलाई नैतिक रूपले अशुद्ध बनाउँछ । “संसार”ले मानिसको समाजलाई जनाउँछ । वैकल्पिक अनुवादः “पापपूर्ण मानव समाजका दूषित बनाउने क्रियाकलापहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टलाई चिनेर

तपाईंले “ज्ञान”लाई क्रियापद भएको वाक्यांश प्रयोग गरेर अनुवाद गर्न सक्‍नुहुन्छ । तपाईंले २ पत्रुस १:२ मा यस्तै समान वाक्यांशहरूलाई कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टलाई चिनेर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

तिनीहरूको लागि अन्तिम अवस्था पहिलेको भन्दा खराब हुन्‍छ

“तिनीहरूको अवस्था पहिलेको भन्दा पनि अझ खराब हुन्छ”