ne_tn/2pe/01/01.md

2.3 KiB

सामान्य जानकारीः

पत्रुसले लेखकको रूपमा आफ्नो परिचय दिन्छन् र आफूले लेखिरहेका विश्‍वासीहरूलाई पहिचान गर्छन् र अभिवादन गर्छन् ।

येशू ख्रीष्‍टका दास र प्रेरित

पत्रुसले येशू ख्रीष्‍टको दास हुने कुराको विषयमा बताउँछन् । उनलाई ख्रीष्‍टको प्रेरितको पद र अधिकार पनि दिइएको थियो ।

उही मूल्यवान् विश्‍वास प्राप्‍त गरेकाहरूलाई

ती मानिसहरूले विश्‍वास पाइसकेका छन् भन्ने कुराको तात्पर्य यो हो कि परमेश्‍वरले उनीहरूलाई त्यो विश्‍वास दिनुभयो । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उस्‍तै बहुमूल्‍य विश्‍वास दिनुभएका मानिसहरूलाई” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

प्राप्‍त गरेकाहरूलाई

“तिमीहरू जसले प्राप्‍त गरेका छौ ।” पत्रुसले यो पत्र प्राप्‍त गर्नेहरू सबैलाई सम्बोधन गर्छन् ।

हामीले पायौँ

यहाँ शब्द “हामी” शब्दले पत्रुस र अन्य प्रेरितहरूलाई जनाउँछ, तर उनले पत्र लेखिरहेका मानिसहरूलाई जनाउँदैन । वैकल्पिक अनुवादः “हामी प्रेरितहरूले प्राप्‍त गरेका छौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)