ne_tn/2co/12/21.md

2.9 KiB

म तिनीहरूमध्ये धेरैद्वारा दुःखित हुन सक्छु जसले यसभन्दा अघि पाप गरेका छन्

“म दुःखित हुनेछु किनभने धेरै जनाले तिनीहरूको पुराना पापहरू त्यागेका छैनन्”

अपवित्रता र यौन अनैतिकता अनि कामवासनाको चाहनाको कारण पश्‍चात्ताप गरेनन्

सम्भावित अर्थहरू हुन् १) पावल जोड दिनलाई झण्डै उही कुरा तीन पटकसम्म भनिरहेका छन् । वैकल्पिक अनुवादः “तिनीहरूले गर्ने गरेका व्यभिचारमय पापहरू गर्न छोडेनन्” वा २) पावलले तीन भिन्न पापहरूको बारेमा बताइरहेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

अशुद्धताको बारेमा

भाववाचक नामपद अशुद्धतालाई “परमेश्‍वरलाई प्रसन्न नतुल्याउने थोकहरू” भनेर अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरलाई प्रसन्न नतुल्याउने थोकहरूबारे गुप्‍त रूपमा विचार गरिरहने र इच्छा गरिरहने बारेमा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

यौन अनैतिकताको बारेमा

भाववाचक नामपद “अनैतिकता”लाई “अनैतिक कार्यहरू”को रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “अनैतिक यौन कार्यहरू गर्ने बारेमा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

कामवासनाको बारेमा

भाववाचक नामपद “कामवासना”लाई क्रियापद शब्द प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “अनैतिक यौन इच्छाहरू तृप्‍त पार्ने कार्यहरू गर्ने बारेमा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)