ne_tn/2co/12/21.md

20 lines
2.9 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# म तिनीहरूमध्ये धेरैद्वारा दुःखित हुन सक्छु जसले यसभन्दा अघि पाप गरेका छन्
“म दुःखित हुनेछु किनभने धेरै जनाले तिनीहरूको पुराना पापहरू त्यागेका छैनन्”
# अपवित्रता र यौन अनैतिकता अनि कामवासनाको चाहनाको कारण पश्‍चात्ताप गरेनन्
सम्भावित अर्थहरू हुन् १) पावल जोड दिनलाई झण्डै उही कुरा तीन पटकसम्म भनिरहेका छन् । वैकल्पिक अनुवादः “तिनीहरूले गर्ने गरेका व्यभिचारमय पापहरू गर्न छोडेनन्” वा २) पावलले तीन भिन्न पापहरूको बारेमा बताइरहेका छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-parallelism]])
# अशुद्धताको बारेमा
भाववाचक नामपद अशुद्धतालाई “परमेश्‍वरलाई प्रसन्न नतुल्याउने थोकहरू” भनेर अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरलाई प्रसन्न नतुल्याउने थोकहरूबारे गुप्‍त रूपमा विचार गरिरहने र इच्छा गरिरहने बारेमा” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-abstractnouns]])
# यौन अनैतिकताको बारेमा
भाववाचक नामपद “अनैतिकता”लाई “अनैतिक कार्यहरू”को रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “अनैतिक यौन कार्यहरू गर्ने बारेमा” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-abstractnouns]])
# कामवासनाको बारेमा
भाववाचक नामपद “कामवासना”लाई क्रियापद शब्द प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “अनैतिक यौन इच्छाहरू तृप्‍त पार्ने कार्यहरू गर्ने बारेमा” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-abstractnouns]])